5 years ago
June 18, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि दुई खेल खेल्दै शतप्रतिशत जित आत्मसात गरिसकेको छ ।

कोरोनापछिको खेलमा एक टोलीले पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम राखिएको छ । यसअघि एक खेलमा तीन खेलाडी मात्रै प्रयोग गर्न पाउने प्रावधान रहेको थियो । यसक्रममा बार्सिलोनाका प्रशिक्षक क्वीके सेटिनले दुई खेल (रियल मालोर्का र लेगानेस) विरुद्धको खेलमा २० खेलाडी प्रयोग गरेका छन् । कप्तान लियोनेल मेस्सी र गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले मात्रै दुई खेल (१८० मिनेट) मैदानमा बिताएका छन् ।
मार्क आन्द्रे टेर स्टेगन
जर्मन गोलरक्षक मार्क आन्द्र टेर स्टेगनले कोरोनापछिको दुई खेल (रियल मालोर्का र लेगानेस) विरुद्ध पुरा समय मैदान बिताउँदै क्लिन सिट राख्न सफल छन् । स्टेगन पछिल्लो समय लयमा नरहेपछि क्लबले बेच्ने मनासय बनाएको थियो । उनको यो प्रदर्शनले उनले बाँकी खेलमा पनि सुरुवातमा खेल्ने सम्भावना रहेको छ ।
सर्जी रोबर्टाे
राइट ब्याक सजी रोबर्टाेले प्रशिक्षक सेटिनको अन्डरमा मालोर्का र लेगानेसविरुद्धको खेलमा शुरुवातमा मौका पाएका छन् । उनले मालोर्काविरुद्ध ७० मिनेट तथा लेगानेसविरुद्ध ५३ मिनेट मैदानमा बिताए । बार्सिलोनाको ला मासियाको उत्पादन रोवर्टाेले नेल्सन सेमेडोसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ । यो पोजिसन कसले खेल्न भन्ने अनुमान नै गर्न सकिदैन ।

जेरार्ड पिके
भेट्रान डिफेन्डर जेरार्ड पिकेले पहिलो खेलमा पुरै समय मैदानमा बिताएका छन् । लेगानेसविरुद्ध पिकेले ७२ मिनेट मैदानमा बिताए । लेगानेसविरुद्ध खराव ट्याकलमा परेपछि प्रशिक्षक सेटिनले उनलाई प्रतिस्थापन गरे । तर, उनी बार्सिलोनाको लागि महत्वपुर्ण खेलाडी रहेका छन् ।
रोनाल्ड एराउजो
उरुग्वेका युवा स्टार रोनाल्ड एराउजोले मालोर्काविरुद्धको खेलमा पूरा समय बिताउँदा प्रभावशाली प्रदर्शन गरेपनि उनी लेगानेसविरुद्धको खेलमा सेटिनको रोजाईमा पर्न सकेनन् । सेभियाविरुद्ध उनले मौका पाउने सम्भावना छ । तर, यो प्रशिक्षकको हातमा नै हुनेछ ।
क्लेमेन्ट लेङ्लेट
चोटका कारण फ्रेन्च डिफेन्डर क्लेमेन्ट लेङ्लेटले मालोर्काविरुद्धको खेल गुमाएका थिए । लेगानेसविरुद्ध पहिलो रोजाईमा पर्दै प्रभावशाली प्रदर्शनसहित एक सम्भावित गोललाई गोललाइनबाट बचाएका कारण उनले सेभियाविरुद्धको खेलमा पनि पहिलो रोजाईमा मौका पाउने सम्भावना छ । स्यामुइल उम्टिटीले पाँचौ कार्ड पाएका कारण लेङ्लेटले अर्काे खेलमा पिकेसँगै शुरुवातमै खेल्न पाउने सम्भावना रहेको छ ।
स्यामुइल उम्टिटी
स्यामुइल उम्टिटीले दुई खेलमा मात्रै २० मिनेट मैदानमा बिताएका छन् । लेगानेसविरुद्ध पँहेलो कार्ड पाएका कारण उनले सेभिया भ्रमण गुमाउनेछन् ।
नेल्सन सेमेडो
नेल्सन सेमेडोले दुवै खेलमा सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका छन् । मालोर्काविरुद्ध २० मिनेट मैदान बिताएका सेमेडोले लेगोनसविरुद्धको खेलमा ४० मिनेट खेलेका छन् । उनले सेभियाविरुद्ध पहिलो रोजाईमा खेल्न पाउने सम्भावना छ ।
जोर्डी अल्वा
रियल मालोर्काविरुद्धको खेलमा पहिलो रोजाईमा खेल्दै १ गोल र एक असिस्ट दिएका उनी लेगानेसविरुद्धको खेलमा प्रतिबन्धका कारण मैदान उत्रन पाएनन् । उनी सेभियाविरुद्धको खेलमा पहिलो रोजाईमा खेल्न पाउने सम्भावना छ ।

जुनिअर फिर्पाे
युवा फुलब्याक जुनिअर फिर्पाेले दुवै खेलमा मौका पाएका छन् । मालोर्काविरुद्ध अन्तिम ६ मिनेट मैदानमा बिताएका फिर्पाेले लेगानेसविरुद्धको खेलमा जोर्डी अल्वाको अनुपस्थितिमा पुरा समय खेल्न पाएका थिए । सेभियाविरुद्धको खेलमा अल्वा उपस्थित हुने भएका कारण उनी पुनः बेञ्चमा थन्किनेछन् ।
सर्जियो बुस्क्वेट्स
सर्जियो बुस्क्वेट्सले दुवै खेलमा शुरुवातमा मौका पाइरहेका छन् । उनले सेभियाविरुद्ध पनि पहिलो रोजाईमा खेल्ने सम्भावना छ । प्रशिक्षक सेटिनले उनको आवश्यकतालाई महसुस गर्दै टिमको प्रदर्शन अनुसार उनलाई प्रतिस्थापन गरिरहेका छन् ।
फ्रान्की डि जोङ
डच मिडफिल्डर फ्रान्की डि जोङले रियल मालोर्काविरुद्ध ८३ मिनेट मैदानमा बिताए । चोटका कारण उनले लेगानेसविरुद्धको खेल गुमाउन पुगेका थिए । सेभियाविरुद्धको खेलमा फिट हुने र पहिलो रोजाईमा खेल्ने अनुमान गरिएके छ ।
आर्टुरो भिडाल
चिलियन फरवार्ड आर्टुरो भिडाले मालोर्काविरुद्ध उत्कृष्ट शुरुवात गर्दै खेलको दोस्रो मिनेटमा नै गोल गर्न सफल भएका थिए । लेगानेसविरुद्धको खेलमा उनी ६३औं मिनेटमा मैदान प्रवेश गरेका थिए । दुवै खेलमा राम्रो प्रदर्शन गरेका कारण उनले सेभियाविरुद्धको खेलमा पनि मौका पाउने सम्भावना छ ।

इभान राकिटिच
क्रोएसियन मिडफिल्डर इभान राकिटिचले दुवै खेलमा गरेर १३५ मिनेट मैदानमा बिताए । उनको अनुभव बार्सिलोनाका लागि प्रभावकारी हुने भएपनि उनी दुवै खेलमा केही फिक्का देखिए ।
अर्थर
ब्राजिली स्टार मिडफिल्डरले मालोर्का र लेगानेसविरुद्धको दुवै खेल खेले । मालोर्काविरुद्ध दोस्रो हाफमा मैदान छिर्दै २० मिनेट खेलेका अर्थरले लेगानेसविरुद्ध पहिलो रोजाईमा पर्दै ७२ मिनेट खेलेका थिए । तर, प्रशिक्षक सेटिन अर्थरलाई भन्दा पनि भिडाल र राकिटिचलाई मन पराउछन् । बुस्क्वेट्स र डि जोङपनि सेटिनको पहिलो रोजाईमा रहने छन् ।
रिकी पुज
युवा स्टार रिकी पुजले लेगानेसविरुद्ध अन्तिम २० मिनेट मैदानमा बिताए । उनले खेलमा आफ्नो प्रभाव जमाए । पछिल्लो नियम अनुसार ५ खेलाडी परिवर्तन गर्न पाउने भएका कारण उनले अब बाँकी खेलमा समेत खेल्ने सम्भावना छ । तर, सेभियाविरुद्धको महत्त्वपूर्ण खेलमा भने पहिलो रोजाईमा मौका पाउने सम्भावना निकै न्युन छ ।
लियोनेल मेस्सी
कप्तान लियोनेल मेस्सी दुवै खेलमा पुरा समय मैदान बिताउने खेलाडी हुन् । उनले दुई खेलमा दुई गोल र दुई असिस्ट दिएका छन् । उनीबाट सेभियाविरुद्धको खेलमा पनि यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ ।

एन्टोइन ग्रिजमन
फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमनले दुवै खेलमा अवसर पाएका छन् । मालोर्काविरुद्ध ६० मिनेट मैदानमा बिताएका ग्रिजमनले लेगानेसविरुद्ध पुरै समय खेल्ने अवसर पाएका थिए । लेगानेसविरुद्ध गोल गरेपनि उनको गोलले मान्यता पाएन ।
लुइस सुआरेज
उरुग्वेली स्टार फरवार्डले कोरोनापछिको दुवै खेलमा सब्सिच्युट खेलाडीको रुपमा मैदानमा प्रवेश पाएका छन् । जनवरीमा चोटका कारण मैदान बाहिर रहेका उनको आगमनले बार्सिलोना बलियो देखिएको छ । मालोर्काविरुद्ध सुआरेजले मेस्सीको गोलमा असिस्ट दिएका थिए ।
मार्टिन ब्रेथवेट
जनवरीमा आकस्मिक खेलाडीको रुपमा बार्सिलोना आएका मार्टिन ब्रेथवेटले मालोर्काविरुद्ध पहिलो रोजाईमा खेल्दै गोल गर्न पनि सफल भए । तर, उनले आफ्नो पुर्व क्लब लेगानेसविरुद्ध खेल्न पाएनन् । लेगानेसविरुद्धको विश्रामले उनले सेभियाविरुद्धको खेलमा मौका पाउने सम्भावना छ । तर, यो प्रशिक्षककै रणनीतिमा भर पर्नेछ ।
अन्सु फाती
ला मासियाका उत्पादन अन्सुफातीले मालोर्काविरुद्ध खेल्न नपाएपनि लेगानेसविरुद्ध पहिलो रोजाईमा खेल्दै गोल गर्न सफल भए । उनलाई दोस्रो हाफमा सब्सिच्युट गरिएको थियो । यसको अर्थ फातीलई सेटिनले फ्रेस राख्दै सेभियाविरुद्ध खेल्न सक्ने सम्भावनाको रुपमा हेरिएको छ ।

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]