5 years ago
June 18, 2020
काठमाडौं (हाम्रो खेलकुद)– टासी घलेले अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षका रुपमा बाँकी २ वर्षे कार्यकाल सुखद बनाउन प्रयास गर्ने बताएका छन् ।

घले मंगलबार तेस्रो पटक एन्फा मानार्थ अध्यक्षमा मनोनित भएका थिए । एन्फाको कार्यसमितिको मंगलबार बसेको आपतकालिन बैठकले घलेलाई दोस्रो पटक मानार्थ अध्यक्ष मनोनयन गरेको हो । झन्डै १७ महिना अघि एन्फा केन्द्रिय समितिले घलेलाई बर्खास्त गरेको थियो । जुन कार्यसमितिले बर्खास्त गर्यो त्यसैले दोस्रो पटक मिनोनित गर्दा घलेले स्वभाविक रुपमा त्यसलाई आफ्नो सफलताका रुपमा लिएका थिए ।
कर्मा छिरिङ शेर्पाको समूहलाई गएको निर्वाचनमा सघाउँने र त्यो टोली निर्वाचित भएपछि घलेलाई मानार्थ अध्यक्ष बनाउने जेन्टलमेन अग्रिमेन्ट भएको बताइन्छ । शेर्पाको पुरै टोली विजयी भयो । यसका बाबजुद घलेलाई मानार्थ अध्यक्ष बनाउने बैठकमै विवाद भयो । बहुमतका आधारमा घलेले मानार्थ अध्यक्ष त मनोनित भए । तर, घलेको असन्तुष्टी त्यहिबाट सुरु भयो ।
मानार्थ अध्यक्ष मनोनयनमै किच किच खेपेका घले सेरेमोनियल पोष्ट भएपनि एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध र युवा पिरियोजना हेर्न चाहन्थे । तर, उनले चाहे जस्तो केहि भएन । जसका कारण घले र अध्यक्ष शेर्पाबीचको तिक्तता बढ्दै गयो । नतिजा आठ महिना नबित्दै घलेलाई कार्यसमितिले बर्खास्त गरेको थियो ।

त्यसरी निकाल्नुलाई घलेले प्रतिष्ठाको विषय बनाए । उच्च अदालत पाटन र पछि सर्वोच्च अदालतमा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उनले एन्फाको निर्णयविरुद्ध उजुरी गरे । सर्वोच्चले राखेपलाई घलेको एन्फासँगको विवाद मिलाउन भन्यो । सदस्य सचिव रमेशकुमार सिलवालले एन्फा अध्यक्ष शेर्पासहितको टोलीलाई घलेलाई पुनः मानार्थ अध्यक्षमा मनोनयन गर्न राजी गराए ।
घलेको युवा परियोजना हेर्ने चाहना भने अझै मरेको छैन । तर, त्यसका लागि एन्फा कार्यसमितिले स्वीकृति दिएको खण्डमा मात्र काम गर्नेमा उनी प्रष्ट छन् । ‘मलाई एन्फाले सम्मान स्वरुप मानार्थ अध्यक्षमा मनोनय गरेको थियो । तर पछि बर्खास्त गर्यो । त्यसलाई मैले आफ्नो अपमानको रुपमा लिएको थिए’, उनले भने, ‘मैले न्यायका लागि अदालत र राखेपमा उजुरी दिएको हु । मेरो माग जायज भएरै हो उहाँहरुले साथ दिनुभयो । त्यहि अनुसार एन्फा कार्यसमितिले मनोनयन गर्यो । त्यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।’
घलेले एन्फाको दैनिक कामकारवाहीमा भने आफुले चासो नराख्ने पनि प्रष्ट पारेका छन् । ‘सबैले आ आफ्नो पदिय जिम्मेवारी अनुसार काम गर्न पाउनुपर्छ । म पनि एन्फाको दैनिक काममा चासो राख्ने पक्षमा छैन’, उनले भने, ‘मेरो पद नै मानार्थ हो । आवश्यक परेर उहाँहरुले सल्लाह मागे दिन्छु । तर यहि हुन पर्छ भनेर कसैलाई दबाब दिन्न ।’
एन्फा केन्द्रीय समितिमा यू १६ र यू १९ खेलाडी छनोट र टोलीको तयारीमा काम गर्ने आफ्नो चाहना रहेको प्रष्ट पार्दै भने, ‘एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहसँग मिलेर युवा फुटबल विकासका लागि ठोस योजना एन्फा कार्यसमितिमा लाने । त्यहाँ स्वीकृति भएको खण्डमा आउने दुई वर्षमा उमेर समूहमा काम गर्ने इच्छा छ ।’

उमेर समूहको फुटबललाई कोरियाली तरिकाबाट अघि बढाउँदा ठीक हुने विश्वास गरेका घलेले भने, ‘मैले भने जसरी जिम्मा पाउने भएको खण्डमा कोरियाली फुटबल महासंघ दुई नभए कम्तीमा एक प्रशिक्षक सहयोगमा माग्ने योजना छ । राष्ट्रिय टोलीलाई बलियो बनाउने हो भने उमेर समूहको फुटबलमा एकदमै ध्यान दिनुपर्दछ । म त्यहि योजना एन्फा केन्द्रीय समिति बैठकमा सुनाउने छु ।’
नेपाल गल्फ संघको अध्यक्ष समेत रहेका घलेले पछिल्लो दुई वर्षमा केहि आफ्नो तर्फबाट पनि कमजोरी भएको हुन सक्ने जनाउँदै अब पछि फर्केर नभई अघि बढ्न चाहेको पनि प्रष्ट पारे । ‘म लामो समयदेखि फुटबलमा कुनै न कुनै रुपमा आबद्ध छु, नेपाल ओलम्पिक कमिटीका सदस्य समेत रहेको घलेले भने, मेरो व्यक्तिगत केहि स्वार्थ छैन । विवाद विना फुटबल विकास होस् भन्ने म चाहन्छु ।’
अहिले एन्फामा चलिरहेको आन्तरिक विवादमा पनि आफ्नो कुनै चासो नरहने उनले बताए । ‘सकेसम्म सबै एउटा टोली भएर काम गरौं,’ उनले थपे, ‘अन्यथा म आफै भने कसैसँग विवाद गर्ने पक्षमा छैन । आवश्यक ठानेर साथीहरुले सल्लाह मागे दिने नत्र विवाद गर्ने पक्षमा म छैन ।’
२०७३ सालमा नरेन्द्र श्रेष्ठ एन्फा अध्यक्ष निर्वाचित भएपछि घले पहिलो पटक मानार्थ अध्यक्ष मनोनित भएका थिए । तर त्यति बेलाको कार्यसमितिसँग पनि घलेको सम्बन्ध राम्रो हुन सकेन । तेस्रो पटक मनोनित भएपछिको घलेले बुधबार एन्फाबाट पत्र प्राप्त गरेका छन् । केहि दिनमा उनले एन्फामा पद वहाली गर्ने तयारी भइरहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]