6 years ago
June 18, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्ड तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी माइन्जसँग स्तब्ध बनेको छ । डर्टमुन्ड घरेलु मैदानमा माइन्जसँग २–० ले स्तब्ध बनेको हो ।

बायर्न म्युनिख लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बनेको भोलिपल्ट डर्टमुन्डको प्रदर्शन निकै फितलो बनेको थियो । डर्टमुन्डमाथिको जितमा माइन्जका जोनाथन बुकार्ड र जिन फिलिपे मटेटाले गोल गरे ।
सिग्नल इडुना पार्कमा बुधबार राति भएको खेलमा डर्टमुन्डसँग दवावमा खेलिरहेको माइन्जले काउन्टर एट्याकमा केही आक्रमण बुन्ने प्रयास गरिरहेको थियो । ३३औं मिनेटमा बोटे बाकुको उत्कृष्ट क्रसमा जोनाथनले गोल गर्दै घरेलु टोलीविरुद्ध माइन्जलाई अग्रता दिलाए । ३६औं मिनेटमा डर्टमुन्डले बराबरीको अवसर गुमायो । कर्नरमा माइन्जका लाट्जाको हेडरलाई आफ्नै गोलरक्षक फ्लोरियन मुलरले बचाए ।

४९औं मिनेटमा माइन्जले पेनाल्टीमार्फत अग्रता दोब्बर पार्यो । गोलरक्षक रोमन बुर्कीले माटेटाको प्रहारलाई बचाएपनि रिवाउन्डमा ओनिसिओले ड्यानी लाट्जालाई पास दिएपनि म्याट हमेल्सले लाट्जामाथि फउल गर्न पुगेपछि रेफ्रीले माइन्जलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा मटेटा चुकेनन् ।
खेलमा २–० ले पछि परेको डर्टमुन्डले बल पोजेसन राखेपनि गोलको लागि उल्लेख्य आक्रमण बुन्न नसक्दा डर्टमुन्ड घरेलु मैदानमै २–० ले स्तब्ध बन्न पुग्यो । ७० प्रतिशत बल पोजेसन राखेको घरेलु टोलीले माइन्जविरुद्ध गतिलो आक्रमण बुन्न सकेन । अग्रपङ्तिका एर्लिङ ब्राउट हालान्ड, जाडोन सान्चो र थोर्गन हाजार्डको प्रदर्शन निकै फितलो बनेको थियो ।
हारपछि डर्टमुन्ड ६६ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा माइन्जलाई जितले केही राहत मिलेको छ । माइन्ज रेलिगेसन जोनभन्दा माथि उठेको छ । माइन्जको ३४ अंक पुगेको छ । रेलिगेसन प्ले अफको स्थानमा रहेको फोर्टुना डुसेलडर्फको २९ अंक छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]