6 years ago
June 18, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर लिभरकुसनले एफसी कोल्नमाथि सहज जित हात पार्दा आरबी लाइप्जिग रेलिगेसन जोनमा संघर्ष गरिरहेको फोर्टुना डुसेलडर्फसँग बराबरीमा रोकिएको छ ।

बायर लिभरकुसनले घरेलु मैदानमा एफसी कोल्नमाथि ३–१ को सहज जित निकालेको हो । लिभरकुसनको जितमा स्भेन बेन्डर, काई हाभर्टज र मोउसा डियावीले गोल गरे । कोल्नका सेवास्टियनले एक गोल फर्काए ।
वे एरिना लिभरकुसनमा बुधबार राति भएको खेलमा घरेल टोलीले खेलको सातौं मिनेटमा स्भेन बेन्डरको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले लियोन बेइलेको पासमा गोल गरेका थिए । ४०औं मिनेटमा लियोनकै पासमा युवा स्टार काई हाभर्टजले गोल गरेपछि लिभरकुसनले पहिलो हाफमा २–० को अग्रता बनायो ।

५९औं मिनेटमा सेवास्टियनले इल्भिसको पासमा गोल गर्दै कोल्नलाई खेलमा फर्काउने संकेत दिए । तर, खेल सकिन ७ मिनेट बाँकी रहदा मोउसा डियावीले काई हाभर्टजको पासमा गोल गर्दै लिभरकुसनलाई ३–१ को सहज जित दिलाए ।
जितसँगै लिभरकुसनले बोरुसिया मोन्चेनग्लाडवाकलाई पछि पार्दै शीर्ष चारमा स्थानमा बनाएका छन् । लिभरकुसनको ३२ खेलबाट ६० अंक पुगेको छ । समान खेलबाटै मोन्चेनग्लाडवाकको ५९ अंक छ । पराजित कोल्न ३५ अंक जोडेर १३औं स्थानमा छ ।

यस्तै अर्काे खेलमा २ गोलको अग्रता जोगाउन नसक्दा आरबी लाइप्जिग फोर्टुना डुसेलडर्फसँग २–२ गोलको बराबरीमा रोकिएको छ । लाइप्जिगका केभिन कम्पल र टिमो वेर्नरले गोल गरे । डुसेलडर्फका स्टेभेन र एन्द्री होफमनले गोल फर्काए ।
घरेलु मैदानमा डुसेलडर्फलाई दवावमा राखेपनि लाइप्जिगले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । लाइप्जिगले ४ मिनेटको अन्तरमा दुई गोल गर्दै २–० को अग्रता बनाएको थियो । ६०औं मिनेटमा केभिनले गोल गर्दै लाइप्जिगलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि टिमो वेर्नरले गोल गर्दै लाइप्जिगको अग्रता दोब्बर पारे ।

बुन्डेसलिगामा वेर्नरको यो २६औं गोल हो । उनीभन्दा अघि बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की (३१) अघि छन् । अन्तिम मिनेटमा सम्हालिन नसक्दा लाइप्जिगले लगातार दुई गोल खान पुग्यो । ८७औं मिनेटमा स्टेभेनले गोल गर्दै डुसेलडर्फलाई खेलमा फर्काउने कोसिस गरे ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा होफमले गोल गर्दै लाइप्जिगबाट अंक खोस्न सफल भए । बराबरीसँगै लाइप्जिगको ३२ खेलबाट ६३ अंक पुगेको छ । डुसेलडर्फ २९ अंक जोडेर रेलिगेसन जोनको प्ले अफको स्थानमा रहेको छ ।
अन्य खेलको नतिजा
आइनट्राख्ट फ्रान्कफर्टविरुद्ध साल्के (२–१)
अग्सवर्गविरुद्ध होफेनहाइन (१–३)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]