5 years ago
June 18, 2020
एजेन्सी – स्पेनिस क्लब एटलेटिको म्याड्रिडका गोलरक्षक यान ओब्लाकले स्पेनिस ला लिगामा नयाँ कीर्तिमान कायम गरेका छन् ।

ओब्लाक स्पेनिस लिगको इतिहासमा सर्वाधिक कम खेल खेल्दै १ सय क्लिनसिट राख्न सफल गोलरक्षक बनेका हुन् । बुधबार ओसासुनाविरुद्ध ५-० को जित दर्ता गरेपछि ओब्लाकले १ सय क्लिनसिटको कोसेढुंगा पार गरेका हुन् । उनले १ सय ८२ औं खेल खेल्दै १ सय क्लिनसिट दर्ता गरे ।
यसअघि स्पेनिस लिगमा सर्वाधिक कम खेलमा १ सय क्लिन सिट राख्ने कीर्तिमान मिगुएल रेइनाको नाममा थियो । उनले २ सय २२ खेल खेल्दै यो उपलब्धि हासिल गरेका थिए । क्याटलान क्लब बार्सिलोनाका पूर्व गोलरक्षक भिक्टर भाल्डेस सूचिको तेस्रो स्थानमा छन् । उनले २ सय २७ खेलमा यो सफलता हात पारेका थिए ।

ओब्लाकले खेलेका ५५ प्रतिशत खेलमा क्लिन सिट राखेका छन् । लिगमा विगतदेखि खेल्दै आएका उत्कृष्ट गोलरक्षकका तुलनामा यो निकै रामोर तथ्यांक हो । एन्डोनी जुबीजारेटाले ६ सय २२ खेलमा २ सय ३५ क्लिनसिट राखेका थिए । पाको बुयोले ५ सय ४२ खेलमा २ सय १३ तथा इकर कासीलासले ५ सय १० खेलमा १ सय ७७ पटक गोल खाएका थिएनन् ।
ओब्लाकले यसक्रममा एटलेटिकोको इतिहासमा सर्वाधिक क्लिनसिट राख्ने कीर्तिमान पनि बनाए । उनले ९६ क्लिनसिट राखेका अबेल रेसिनोलाई उछिनेका हुन् । उनी लिगमा १ सय क्लिनसिट राख्न सफल एकमात्र विदेशी खेलाडी समेत हुन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]