5 years ago
June 18, 2020
एजेन्सी – स्पेनिस ला लिगामा आज (बिहीबार) राति ला लिगाको २९औं चरणको दुई खेल हुँदैछ । डेर्पाेटिभो एलाभेस र रियल सोसिडाड तथा स्पेनिस महारथी रियल म्याड्रिड र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुनेछ ।

डेपोर्टिभो एलाभेस र रियल सोसिडाडबीचको खेल राति ११ः१५ बजे तथा रियल म्याड्रिड र भ्यालेन्सियाबीचको खेल राति १ः४५ बजे हुनेछ । खेल म्याड्रिडको ‘बी’ टिमको खेल मैदान स्टेडियो अल्फ्रेडो डि स्टेफानोमा हुनेछ । रियलको आफ्नो मैदान सान्टियागो बर्नबेउ पुर्ननिर्माणको क्रममा रहेकाले अल्फ्रेडो डि स्टेफानोलाई घरेलु मैदानको रुपमा प्रयोग गर्दै आइरहेको छ ।
कोरोनापछिको पहिलो खेलमा रियलले यही मैदानमा एइबारमाथि ३–१ को जित निकालेको थियो । भ्यालेन्सियाविरुद्ध पनि रियल सोही जितको निरन्तरता दिँदै स्पष्ट जितसहित उपाधि दावेदारितालाई जीवितै राख्ने लक्ष्यमा हुनेछ । भ्यालेन्सियाविरुद्ध जित निकाल्न सकेको अवस्थामा रियलले पुन: शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी २ मा छोट्याउने छ । बराबरीले ४ तथा हारले ५ अंकले पछि पर्दै उपाधि यात्रा झिनो बन्नेछ । यस्तोमा रियल निश्चित जितकै लागि खेल्नेछ ।
रियलका लागि इडेन हाजार्ड, करिम बेन्जेमा, टोनी क्रुस, इस्को, क्यासमिरो, फेडरिको भाल्भेर्डे, कप्तान सर्जियो रामोस र गोलरक्षक थिवाउट कोर्टुवा भ्यालेन्सियाविरुद्धको खेलमा लागि उपलब्ध हुनेछन् । चोटका कारण मार्सेलोले खेल्ने सम्भावना न्यून छ । युवा स्टार भिनिसियस जुनियर, रोड्रिगो र ग्यारेथ बेलले सब्सिच्युट खेलाडीको रुपमा खेल्न सक्नेछन् ।

एइबारमाथि ३–१ को जित निकालेपनि रियलको दोस्रो हाफको खेल बिर्सनलायक बनेको थियो । त्यो कमजोरीलाई रियलले भ्यालेन्सियाविरुद्ध सुधार्दै खेल्ने छ । पछिल्लो पाँच खेलमा रियलले २ मा जित निकाल्दा ३ खेलमा हार बेहोरेको छ । त्यसैले पनि रियल भ्यालेन्सियाविरुद्ध सचेत भएर मैदानमा उत्रनेछ ।
यता, भ्यालेन्सिया रियललाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । रियलमाथि जित पाए भ्यालेन्सिया सातौं स्थानमा उक्लनेछ । बराबरी या हारले आठौं स्थानमा नै यथावत रहनेछ । भ्यालेन्सिया अघिल्लो खेलमा लेभोन्टेसँग बराबरीमा रोकिएको थियो ।
रियलविरुद्ध भ्यालेन्सियाका रोड्रिगो, म्याक्सीमिलियानो गोमेज, ड्यानिय पारेजो, फेरान टोरेस र गोलरक्षक जास्पर सिलेसन मुख्य हतियार हुनेछन् । भ्यालेन्सियाले रियललाई २०१९ अप्रिलमा २–१ ले पराजित गरेको थियो । त्यसयताको दुई खेलमा १ बराबरी र १ हारको नतिजा छ । जनवरीमा भएको सुपरकपको सेमिफाइनलमा भ्यालेन्सिया ३–१ ले पराजित भएको थियो ।
यि दुई टोलीको पछिल्लो २२ खेलको नतिजा हेर्दा रियल नै हावी छ । रियलले ११ खेलमा जित, ८ बराबरी र ३ हारको नतिजा निकालेको छ ।
रियलको सम्भावित शुरुवाती ११
थिवाउट कोर्टुवा, सर्जियो रामोस, फरल्यान्ड मेन्डी, राफयन भरान, ड्यानियल कार्भाहल, टोनी क्रुस, क्यासेमिरो, फेडेरिको भाल्भेर्डे, इस्को, करिम बेन्जेमा र इडेन हाजार्ड
भ्यालेन्सियाको सम्भावित शुरुवाती ११
जस्पर सिलेसेन, ड्यानियल वास, फ्रान्सिस, ह्युगो गुइलोमोन, जोउमी कोस्टा, फेरान टोरेस, जियोफ्रे कोन्डोग्बिया, ड्यानियल पारेजो, कार्लाेस सोलेर, रोड्रिगो र म्याक्सीमिलियन गोमेज
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]