5 years ago
June 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबमा प्रशिक्षक अनन्तराज थापासहित ४ प्रशिक्षकले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गरेका छन् ।

‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गर्नेमा अनन्तसँगै चेतन घिमिरे, सल्यान खड्गाी र युगल किशोर राई रहेका छन् । चेतन पुलिसमा आबद्ध छन् भने सल्याण ए डिभिजन क्लब संकटा र युगल किशोेर बी डिभिजन क्लब बासबारीका प्रशिक्षक हुन् ।

यस्तै चुन बहादुर थापा र बसन्त गौचन थकालीले एएफसी प्रो ए लाइसेन्स प्राप्त गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।चुनबहादुर त्रिभुवन आर्मीको प्रशिक्षक र व्यवास्थपक दुवै भूमिका निर्वाह गर्दै आएका छने भने एक दशक यता जापानमा रहँदै आएका बसन्त त्यहाँ एक फुटबल एकेडेमीका प्रशिक्षकका रुपमा कार्यरत छन् । बसन्त र चुनले पुन: लिखित दिनुपर्ने छ। कोचिङ कोर्स मोडल १ र मोडल २ को आधारमा भएको थियो ।

एएफसीले गत २०१९ डिसेम्वर १ देखि ८ मार्च २०२० सम्म काठमाडौंमा भएको कोचिङ कोर्सको नतिजा सार्वजनिक गरेको हो । कोचिङ कोर्समा नेपालभरका २३ भन्दा बढीले सहभागिता जनाएका थिए । कोचिङ कोर्सलाई एएफसीका इन्सट्रक्टर भारतीय साभियो पिडाडी मेडिइराले सहजीकरण गरेका थिए ।

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]