default_image

5 years ago

June 18, 2020

‘रोनाल्डो एक्लैले जादु गर्न सक्दैनन्’

141 views

0 Bookmark

एजेन्सी – कोप्पा इटालियाको फाइनलमा नेपोलीले युभेन्टसलाई पराजित गर्दै उपाधि जितेपछि स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको बहिनीले प्रशिक्षक माउरिजियो सार्रीमाथि प्रश्न उठाएकी छिन् ।

इटालीमा फुटबल फर्किएपछिको लगातार दोस्रो खेलमा युभेन्टसले गोलरहित बराबरी खेलेको थियो । यसअघि कोप्पा इटालियाको सेमिफाइनलमा नै एसी मिलानसँग दोस्रो लेगमा युभेन्टस रोकिएको थियो । उक्त खेलमा रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । त्यसका बाबजुद पनि युभेन्टस समग्र नतिजाको आधारमा फाइनल पुगेको थियो ।

बुधबार भएको फाइनलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा नेपोली ४-२ ले विजयी रहयो । युभेन्टसका लागि सुरुवाती दुई प्रहर असफल भएका थिए ।

युभेन्टसका लागि खेलमा पहिलो रोजाईमा पेनाल्टी प्रहार गर्ने भएपनि टाइब्रेकरमा प्रहार गर्न नआएको भन्दै समर्थकले रोनाल्डोको चर्को आलोचना गरेका छन् । समर्थकहरुले रोनाल्डोले आफैं पाँचौ नम्बरमा पेनाल्टी हान्ने निर्णय लिँदा टोलीलाई भन्दा आफ्नो बारे सोचेको आरोप लगाएका छन् । सामाजिक संजालमा उनको निर्णयलाई लिएर टिप्पणी भएको छ ।

यता रोनाल्डोकी बहिनी एल्मा एभिएरोले भने आफ्नो दाइको बचाउ गर्दै रोनाल्डो एक्लैले खेल जिताउन नसक्ने बताएकी छिन् । उनले प्रशिक्षक सार्रीको रणनीति काम नगर्दा नै युभेन्टसले फाइनलमा पराजित हुन पुगेको बताइन् । उनले सार्रीको रणनीतिमा रोनाल्डोको प्रतिभा पूरा मैदानमा नदेखिने पनि बताइन् ।

उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘ योभन्दा बढी के नै गर्न सकिन्छ ? गर्न सकिने मात्र यति नै हो । आफू एक्लैले मात्र जादु गरेर खेल जित्न सकिन्न । मलाई थाहा छैन तिमीले कसरि खेलिरहेको छौ । सिर उँचो गर, मेरो राजा ।’

खेलपछि सार्रीले आफ्नो खेलाडीहरुलाई केहि पनि नभनेको बताए । हारपछि स्तब्ध सार्रीलाई पोस्ट म्याच कन्फरेन्समा रोनाल्डोको खराब प्रदर्शनबारे प्रश्न गर्दा उनले फिटनेसमा नै समस्या रहेको अभिव्यक्ति दिए ।

‘ रोनाल्डो, पाउलो डिबाला र डग्लस कोस्टा सबै एकै स्तरमा छन् । रोनाल्डो आफ्नो स्तरमा खेल्न भने सकिरहेका छैनन् ,’ सार्रीले भने, ‘ मैले खेलपछि केहि पनि बोलेको छैन । म पनि उनीहरु जस्तै दुखि छु । यो बेला शान्त भएर बस्नु उचित हुन्छ ।’

यो पनि पढ्नुहोस : फुटबल र क्रिकेट दुवै खेलेका ५ स्टार खेलाडी

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.