5 years ago
June 20, 2020
एजेन्सी – क्रिस्टियानो रोनाल्डो र नानीले खेल जीवनमा लामो समयसँगै बिताएका छन् । पोर्चुगल र म्यानचेस्टर युनाइटेडबाट रोनाल्डा र नानीले सँगै खेलेका थिए ।

अहिले भने उनीहरुको अलग अलग लिग खेलिरहेका छन् । युनाइटेड छाडेर लामो समय रियल म्याड्रिड बिताएका रोनाल्डो अहिले युभेन्ट्समा छन् । नानी अहिले एमएलएस टोली ओर्लान्डो सिटीबाट खेलिरहेका छन् ।
नानीले रोनाल्डोले कहाँ पुगेर सन्यास लिने विषयमा खुलासा गरेका छन् । ‘केहि वर्ष अघि उनले मलाई भनेका थिए,’ उनले भने,’ सम्भवत म अमेरिका पुगेर सन्यास लिन सक्छु । यो शतप्रतिशत त होइन । सम्भावना भने छ ।’
नानीले रोनाल्डोका लागि एमएलएसमा पनि राम्रो टोली पाउन सक्ने बताए । ‘उनले राम्रो क्लब पाउन सक्छन् । जहाँको अवस्था राम्रो हुनेछ, उत्कृष्ट प्रशिक्षक र क्षमतावान खेलाडी हुनेछन्,’ उनले भने,’ एमएलएस पनि हरेक सिजन सुधार हुँदै गइरहेको छ ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]