default_image

5 years ago

June 19, 2020

रियल सोसिडाडलाई धक्का

118 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा बिहीबार राति डिपोर्टिभो एलाभेससँगको हारसँगै रियल सोसिडाडले शीर्ष चारमा पर्ने मौका गुमाएको छ । रियल सोसिडाड घरेलु टोलीसँग २–० ले पराजित भएसँगै शीर्ष चारमा पुग्नबाट वञ्चित बनेको हो । 

एलाभेसविरुद्ध जित निकाल्न सकेको भए र रियल सोसिडाडले एट्लेटिको म्याड्रिड र गेटाफेलाई पछि पार्दै शीर्ष चारमा स्थान बनाउने थियो । तर, रियल सोसिडाडले खेल आफ्नो पक्षमा पार्न सकेन ।

हारसँगै रियल सोसिडाड २९ खेलबाट ४७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । यो स्थान अर्काे सिजन युरोपा लिगको लागि छनोट योग्य हुने स्थान हो । रियल सोसिडाडलाई हराएको एलाभेस ३५ अंक जोडेर १२औं स्थानमा उक्लिन सफल भएको छ ।  खेलमा बल पोजेसनमा पकड बनाएपनि रियल सोसिडाडले घरेलु टोलीविरुद्ध गतिलो आक्रमण बुन्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

५६औं मिनेटमा बोर्जा सेइनजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा समेटिन पुगेको थियो ।
एक गोलले पछि परेको रियल सोसिडाडका जोसेवा जाल्डुआ दोहोरो पँहेलो कार्डसहित मैदानबाट बाहिरिए ।

त्यसपछि घरेलु टोलीका थोमस पिना ८७औं मिनेटमा दोहोरो पँहेलो कार्डसहित मैदानबाट बाहिरिदा दुवै टोली १० खेलाडीमा समेटिएको थियो । तर, इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा मार्टिन एगुइररेगाविरियाले गोल गर्दै एलाभेसलाई २–० को जित दिलाए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.