default_image

5 years ago

June 18, 2020

‘हुकुमी शैलीमा भक्तपुर एन्फा विघटन’ 

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रतिनिधि सभामा अखिल नेपाल फुटबल संघ (एन्फा) को विषय फेरि उठेको छ । यस पटक एन्फाको पछिल्लो निर्णयका विषयलाई लिएर भक्तपुरका सांसद प्रेम सुवालले प्रश्न उठाएका हुन् । उनले भक्तपुर जिल्ला फुटबल संघ विघठन गर्नु उपयुक्त नभएको भन्दै पुरानै संघलाई यथावत काम गर्न दिनु पर्ने माग राखेका थिए । 

‘नेकपाको सरकारको खेलकुद मन्त्रालय अन्तर्गतको अखिल नेपाल फुटबल संघले हुकुमी शैलीमा असार २ गते गौतम सुजखु नेतृत्वको निर्वाचित भक्तपुर जिल्ला फुटबल संघ विघठत गरेको उपयुक्त होइन,’सुवालले बिहीबार प्रतिनिधि सभामा भने,’ निर्णय फिर्ता गरि पुरानो संघलाई यथावत काम गर्न दिन आवश्यक छ । ‘

यसअघि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एक अन्तवार्ताका क्रममा तराई तिर राष्ट्रिय अलि कमी रहेको बताएपछि उनलाई कारवाही संसदमा आवाज उठेको थियो ।

छानविन समितिको प्रतिवेदनका आधार देखाउँदै एन्फाले मंगलबार भक्तपुर जिल्ला फुटबल संघलाई पूर्न गठन गरेको छ । एन्फा कार्यसमितिको आपकालिन बैठकले किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर जिल्ला तदर्थ समिति गठन गरेको हो ।

कोभिड १९ का कारण सरकारले गरेको लकडाउनको पूर्ण रुपमा अन्त्य भए पश्चातको ६ महिना भित्रको कार्यदेश रहने गरि तदर्थ समिति गठन गरेको उल्लेख गरेको थियो । गौतम सुजखुको अध्यक्षमा रहेको कार्यसमितिलाई एन्फाले कारवाही गर्नुपर्ने थ्रुपै कारण उल्लेख गरेको थियो ।

२०७६ साउन १४ गते आपतकालिन समितिको बैठकबाट गठित छानविन समितिले दिएको प्रतिवेदनको आधारमा कारवाही गरेका जनाएको छ । एन्फाको निर्देशन नियमावली र कानुनी प्रक्रिया समेतको उल्लंघन गरि जिल्ला लिग समेत सञ्चालन गरेको, विधान अनुसार क्लब दर्ता नभएको र क्लब संख्या समेत नपुर्याई जिल्ला संघको गतिविधि सञ्चालन गरेको पाइएकाले एन्फाले जनाएको थियो ।

त्यस्तै क्लब दर्तामा कानुनी प्रक्रिया पुरा नगरेको, टिम दर्ता एवंम नविकरण नगरेको, आफु अनुकुलको रकम उल्लेख गयर निर्देश र नियम विपरित तवरले रकम उठाई लिग सञ्चालन गरेको तथा जिल्ला लिग सञ्चालनमा प्रक्रियागत त्रुटी समेत रहेको पाइएको एन्फाले बताएको थियो ।

सुजखु काठमाडौं, ललितपुर र धादिङ जिल्ला अध्यक्षसँगै एन्फा र एन्फा अध्यक्ष कर्मा छिरिङका विरुद्ध विभिन्न निकायमा उजुरी गर्दै आएका छन् । कतिपयले भक्तपुर जिल्ला पूर्नगठनलाई त्यो सँग जोडेर पनि हेरेका छन् । ललितपुर जिल्ला संघका अध्यक्ष पुरुषोत्तम थापालाई पनि एन्फाले अनुसासनको कारवाही गर्दै अर्को साधारण सभा सम्मका लागि निलम्बन गरेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.