default_image

5 years ago

June 19, 2020

टोटेनहम र म्यानचेस्टर युनाइटेड भिड्दै

139 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति दुई खेल हुँदैछ। रेलिगेसन जोनमा रहेको नर्विच सिटीले साउथह्याम्पटनको आतिथ्यता गर्दा ओले गनर सोल्सायरको म्यानचेस्टर युनाइटेड टोटेनहम हट्स्परको मैदानमा खेल्दैछ ।

नर्विच र साउथह्याम्पटनको खेल नेपाली समयअनुसार राति १०ः४५ बजे तथा टोटेनहम र युनाइटेडबीचको खेल राति १ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा टोटेनहम ह्यारी केन र ह्युङ मिन सनको आगमनले उत्साहित रहेको छ । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण केन जनवरी देखि मैदान बाहिर रहेका थिए ।

केनले नयाँ वर्षको पहिलो दिन साउथह्याम्पटनसँग १–० ले पराजित भएको खेलमा दोस्रो हाफमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । यस्तै सनले फ्रेब्रुअरी १६ मा एस्टन भिल्लामाथि ३–२ को संघर्षपुर्ण जित निकालेको खेलमा दायाँ हातमा चोट बोक्न पुगेका थिए । उनका दाँया हात भाँचिएको थियो । यि दुवै खेलाडी चोटमुक्त हुदै पहिलोपटक खेल्न लागेका हुन् ।

कोरोना महामारीका कारण मार्चदेखि प्रिमियर लिग स्थगित भएपछि केन र सनले पुनः खेल्ने अवसर पाएका हुन् । मेडिकल रिपोर्ट अनुसार केन र सनले सिजन गुमाउने पक्का थियो ।  केन र सनको आगमनसहित उत्साहित बनेको टोटेनहम घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै लक्ष्यमा मैदानमा उत्रनेछ ।

दुवै टोलीको लागि यो खेल उत्तिकै महत्वपुर्ण रहेको छ । आठौं स्थानमा रहेको टोटेनहमले युनाइटेडलाई पराजित गरेको अवस्थामा छैटौं स्थानमा उक्लनेछ । हार या बराबरीले सोही स्थानमा नै यथावत रहनेछ । टोटेनहमका लागि केन र सनसँगै ह्यारी विङ्कस, टान्गी एनडोम्वेले, सर्जी औरिएर र गोलरक्षक ह्युगो लोरिस रहनेछन् । डेल अली प्रतिबन्धका कारण उपस्थित नहुँदा जियोभानी लो सेल्सो र जुआन फोयथ चोटका कारण खेल्नेमा शंका रहेको छ ।

यता, म्यानेचेस्टर युनाइटेड पनि टोटेनहमलाई पराजित गर्दै कम्तीमा पनि दुई दिन शीर्ष चारमा पुग्नेछ । चौथो स्थानको चेल्सीसँग अंक बराबरी भएपनि गोल अन्तरमा युनाइटेड चौथो स्थानमा उक्लने छ । त्यसैले युनाइटेड टोटेनहमविरुद्ध निश्चित जितकै लागि खेल्नेछ । युनाइटेडका लागि मार्कस रासफोर्ड, एन्थोनी मार्सियल, ब्रुनो फर्नान्डेज, फ्रेड, पल पोग्वा र नेमान्जा माटिक जस्ता खेलाडीहरु रहेका छन् ।

पछिल्लो पाँच खेलमा युनाइटेडले टोटेनहमसँग हार बेहोरेको छैन । २०१८ फ्रेब्रुअरीमा प्रिमियर लिगको खेलमा २–० ले पराजित भएयता, युनाइटेडले सबै (५) खेलमा जित निकालेको छ । सोही जितलाई युनाइटेड निरन्तरता दिने चहाँन्छ । यता, टोटेनहम युनाइटेडसँगको लगातारको हारको बदला लिने दाउमा हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.