default_image

5 years ago

June 19, 2020

एन्फामा मानार्थ अध्यक्ष घलेको स्वागत

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– टासी घलेले अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षको पदभार ग्रहण गरेका छन् । घले शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालय पुग्दा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधरलगायत अन्य पदाधिकारीले स्वागत गरेका थिए ।

एन्फाको कार्यसमितिको मंगलबार बसेको आपतकालिन बैठकले घलेलाई दोस्रो पटक मानार्थ अध्यक्ष मनोनयन गरेको थियो । झन्डै १७ महिना अघि एन्फा केन्द्रिय समितिले घलेलाई बर्खास्त गरेको थियो । घले तेस्रो पटक एन्फाको मानार्थ अध्यक्ष मनोनित भएका थिए । नरेन्द्र श्रेष्ठ एन्फा अध्यक्ष हुँदा घले पहिलो पटक मानार्थ अध्यक्ष मनोनित भएका थिए ।

पछि फेरि शर्पाको नेतृत्वमा निर्वाचित कार्यसमितिले उनलाई दोस्रो पटक मानार्थ अध्यक्ष बनाएको थियो । शेर्पालगायतको प्यानललाई निर्वाचनमा सघाएपछि घले मानार्थ अध्यक्ष बनेका थिए । शेर्पासँग विवाद बढ्दै गएपछि घलेलाई २०७५ माघको ३ गते एन्फा कार्यसमितिले बर्खास्त गरेको थियो ।

घलेले आफुलाई बर्खास्त गरेपछि सुरुमा पाटन उच्च अदालत, राष्ट्रिय खेलकुद परिषद् (राखेप_ र पछि सर्वोच्च अदालतमा उजुरी दर्ता गराएका थिए । सर्वोच्चले राखेपलाई नै एन्फाको यो विवाद मिलाउन आदेश दिएपछि राखेप सदस्य सचिव रमेशकुमार सिलवालले घलेलाई पुनः मनोनयनका लागि एन्फालाई राजी गराएका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.