default_image

4 years ago

June 19, 2020

नेयमारले बार्सिलोनालाई ९१ करोड तिर्नुपर्ने

एजेन्सी – पेरिस सेन्ट जर्मेन तथा ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका फरवार्ड नेयमारले आफ्नो पूर्व क्लब बार्सिलोनालाई ६.७ मिलियन युरो (९१ करोड नेपाली रुपैयाँ) तिर्नुपर्ने भएको छ । नेयमारले सन् २०१६ मा फ्रान्सेली क्लब पीएसजीमा अनुबन्ध भएपछि बार्सिलोनाले बोनसस्वरुप ४३.६ मिलियन युरो तिर्नुपर्ने मागसहित अदालतमा मुद्दा हालेका थिए । तर अदालतले नेयमार उल्टै क्लबलाई ६.७ मिलियन […]

42 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन तथा ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका फरवार्ड नेयमारले आफ्नो पूर्व क्लब बार्सिलोनालाई ६.७ मिलियन युरो (९१ करोड नेपाली रुपैयाँ) तिर्नुपर्ने भएको छ ।

नेयमारले सन् २०१६ मा फ्रान्सेली क्लब पीएसजीमा अनुबन्ध भएपछि बार्सिलोनाले बोनसस्वरुप ४३.६ मिलियन युरो तिर्नुपर्ने मागसहित अदालतमा मुद्दा हालेका थिए । तर अदालतले नेयमार उल्टै क्लबलाई ६.७ मिलियन युरो तिर्नुपर्ने फैसला गरेको हो । बार्सिलोनाले शुक्रबार उक्त निर्णयबारे जानकारी दिएको छ ।

बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ :

‘फुटबल क्लब बार्सिलोना सामाजिक अदालत १५ ले आज गरेको फैसलाको स्वागत गर्दछ । क्लब र खेलाडी नेयमार जुनिअरबीच पछिल्लो पटक सम्झौता नविकरणलाई आधार मानेर बोनस दिने विषयमा फैसला भएको हो ।

यस फैसलासँगै नेयमारले माग गरेको ४३.६ मिलियन युरोको बोनस क्लबले दिनु नपर्ने निर्णय भएको छ । बदलामा खेलाडीले माग गरेको रकम भन्दापनि खेलाडीले ६.७ मिलियन युरो फिर्ता दिनुपर्ने जिकिर छ ।’

सन् २०१७ अगस्टमा नेयामारले मुद्दा दायर गरेका थिए । सन् २०१६ मा पीएसजी जानुअघि उनले बार्सिलोनासँग सम्झौता नविकरण गर्दा बोनस माग गरेका थिए । क्लबले बारम्बार खेलाडीले क्लब छोडे बोनस नदिने बताएपनि नेयमार र उनका एजेन्ट समेत रहेका पिताले भने क्लबलाई कारवाहीसम्मको माग राखेका थिए ।

आज हुने खेलहरु बारे पढ्नुहोस :

 

टोटेनहम र म्यानचेस्टर युनाइटेड भिड्दै

बार्सिलोना र सेभिया भिड्दै

 

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.