default_image

4 years ago

June 20, 2020

पहिलो हाफमा सेभिल्ला र बार्सिलोनाको बराबरी

एजेन्सी – स्पेनिस ला लिगाको साविक विजेता बार्सिलोना र सेभिल्लाबीच जारि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलको १२ औं मिनेटमा सेभिल्ला अग्रता लिन नजिक पुगेको थियो । फ्रिकिकमा रिबाउन्ड भएको बललाई जुलेस कोउन्डेले गरेको प्रहारले गोलरक्षकलाई बिट गरेपनि पोस्टभन्दा थोरैले बाहिरियो । २१ औं मिनेटमा कोउन्डेले नै लिओनेल मेस्सीको फ्रिकिकलाई गोललाइन अगाडीबाट […]

39 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको साविक विजेता बार्सिलोना र सेभिल्लाबीच जारि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

खेलको १२ औं मिनेटमा सेभिल्ला अग्रता लिन नजिक पुगेको थियो । फ्रिकिकमा रिबाउन्ड भएको बललाई जुलेस कोउन्डेले गरेको प्रहारले गोलरक्षकलाई बिट गरेपनि पोस्टभन्दा थोरैले बाहिरियो ।

२१ औं मिनेटमा कोउन्डेले नै लिओनेल मेस्सीको फ्रिकिकलाई गोललाइन अगाडीबाट हेडरमार्फत क्लियर गरे । २५ औं मिनेटमा बार्सिलोनाका मिडफिल्डर इभान राकिटिचले गरेको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो ।

खेलको इन्ज्युरी समयमा कोउन्डेले सुआरेजलाई फल गरेपछि खेलाडीबीच विवाद भएको थियो । रेफ्रीले बार्सिलोनाका सर्जियो बुस्केट्स र सेभिल्लाका फर्नान्डोलाई हात हालेपछि दुवैलाई पहेंलो कार्ड दिएका थिए । त्यसैबेला मेस्सीले डिएगो कार्लोसलाई हात हाल्दा भने रेफ्रीले कार्ड देखाएनन् ।

यस खेल जितेको खण्डमा बार्सिलोनाले शीर्ष स्थानमा ५ अंकको अग्रता कायम गर्नेछ । रियल म्याड्रिड २९ खेलमा ६२ अंकसहित दोस्रो स्थानमा रहेको छ । सेभिल्ला पनि यस खेलमा सुखद नतिजा निकाल्दै तेस्रो स्थानमा बलियो पकड बनाउन चाहन्छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.