default_image

5 years ago

June 20, 2020

म्यानचेस्टर हारबाट जोगियो

157 views

0 Bookmark

एजेन्सी – खेल सकिन ९ मिनेट बाँकी रहँदा ब्रुनो फार्नान्जेडले पेनाल्टीमार्फत गोल गरेपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरसँगको हारबाट जोगिएको छ । टोटेनहम र युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । 

टोटेनहम हस्टपर स्टेडियममा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन परेको हो । टोटेनहमका स्टेभेन वर्गविनले तथा युनाइटेडका ब्रुनो फर्नान्डेजले गोल गरेका थिए ।

खेलको २७औं मिनेटमा स्टेभेनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । लुक शाले हेडमार्फत मार्कुस रासफोर्डलाई दिएको पासलाई सर्जी औरिएरले नियन्त्रणमा लिदै दिएको पासलाई स्टेभेनले गोलमा परिण गरेका थिए । त्यसअघि खेलको २२औं मिनेटमा ब्रुना फर्नान्डेजको क्रसलाई डाभिन्सन सान्चेजले राम्रोसँग क्लियर गर्न नसकेको बललाई रासफोर्डले गरेको प्रहारलाई टोटेनहमका गोलरक्षक ह्युगो लोरिसले राम्रो बचाउ गरे ।

३१औं मिनेटमा टोटेनहमले अग्रता दोब्बर बनाउने अवसर खेर फाल्यो । स्टेभेनको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभिड हे गेयाले बचाए । ५४औं मिनेटमा फर्नान्डेजको पासमा एन्थोनी मार्सियल चुक्दा युनाइटेड बराबरीबाट चुक्यो । ६५औं मिनेटमा ब्रुनोके थ्रु पासमा मार्सियलको प्रहारलाई डाभिन्सले सान्चेजले ब्लक गरिदिए । लगत्तै युनाइटेडका लुका शाको उत्कृष्ट मुभमा मार्सियलको प्रयासलाई टोटेनहमका गोलरक्षक लोरिले बचाउदै संकट टारे ।

घरेलु टोलीलाई लगातार दवावमा राखेको युनाइटेडले ८०औं मिनेटमा बराबरी गर्ने अवसर पायो । टोटेनहमका रक्षक एरिक डिएरले युनाइटेडका पोग्वालाई पेनाल्टी बक्समा फउल गरेपछि युनाइटेडले पेनाल्टीकोअवसर पाएको थियो । जसलाई फनान्डेजले सदुपयोग गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयमा युनाइटेडले अर्काे पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा लुका शाको पासमा मासन ग्रीनवुडले अवसर पाएपनि चुक्दा युनाइटेड जितबाट वञ्चित बन्यो । घरेलु टोलीलाई दवावमा राखेपनि युनाइटेडले थप गोल भने गर्न सकेन । बराबरीसँगै युनाइटेड ३० खेलबाट ४६ अंक जोडेर पाँचौं सथानमा यथावत रहँदा टोटेनहम पनि समान खेलबाटै ४२ अंक जोडेर आठौं स्थानमा यथावत रहेको छ ।

अर्काे खेलमा साउथह्याम्पटनले रेलिगेसन जोनको नर्विच सिटीमाथि ३–० को सहज जित हात पारेको छ । साउथह्याम्पटनका ड्यानी इंग्स,स्टुआर्ट आम्सट्रोङ र नाथन रेडमोन्डले गोल गरे । जितसँगै साउथह्याम्पटन ३७ अंक जोेडेर १३औं स्थानमा उक्लदा नर्विच २१ अंकसहित पुछारमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.