default_image

4 years ago

June 20, 2020

सानेलाई फकाउने प्रयासमा म्यानचेस्टर सिटी

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले आफ्ना जर्मन स्टार विंगर लिरोए सानेलाई क्लबमै राख्नको लागि मनाउने प्रयास जारी राखेको छ । तर, सानेले भने सिटीको थुप्रै प्रस्तावलाई अस्वीकार गरिसकेका छन् । साने आफैंले सम्झौता नविकरण नगर्ने र सिटी छाड्न चाहेको बताएका छन् । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले २४ वर्षीय सानेले क्लब छाड्न चाहेको खुलासा […]

32 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले आफ्ना जर्मन स्टार विंगर लिरोए सानेलाई क्लबमै राख्नको लागि मनाउने प्रयास जारी राखेको छ । तर, सानेले भने सिटीको थुप्रै प्रस्तावलाई अस्वीकार गरिसकेका छन् ।

साने आफैंले सम्झौता नविकरण नगर्ने र सिटी छाड्न चाहेको बताएका छन् । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले २४ वर्षीय सानेले क्लब छाड्न चाहेको खुलासा गरे । ‘सिटीले उनको सम्झौता नविकरणका लागि मनाउने प्रयास गरिरहेको छ । उनले धेरै प्रस्तावहरु अस्विकार गरिसकेका छन् । उनी अर्को क्लब जान चाहन्छन् । मलाई थाहा छैन । उनले यसै वा अर्को समरमा क्लब छोड्ने छन्,’ ग्वार्डिओलाले भने ।

सिटीमा सानेको सम्झौता सन् २०२१ सम्म रहेको छ । साने गत सिजनको समरदेखि नै जर्मन क्लब बायर्न म्युनिखसँग जोडिएका छन् । साने सन् २०१६ मा जर्मन साल्केबाट ३७ मिलियन पाउन्डमा ५ वर्षको सम्झौता सहित सिटीमा आएका थिए ।

‘नयाँ सम्झौताको लागि दुई वा तीन पटक कुराकानी भएको छ । जब हामी खेलाडीलाई प्रस्ताव गर्छौं । किनकी हामी उनीहरुलाई चाहन्छौं । उनी विशेष क्षमता भएका खेलाडी हुन् । हामी त्यस्तो खेलाडी चाहन्छौ जसले क्लबबाट खेल्न चाहन्छन्,’ ग्वार्डिओलाले भने, ‘उनी राम्रा मानिस हुन् । म उनलाई प्रेम गर्छु । उनीविरुद्ध मलाई केही भन्नु छैन । तर उनी अर्को चुनौती सामना गर्न चाहन्छन् ।’

चोटका कारण उनी गत अगस्टदेखि नै मैदान बाहिर छन् । उनको खेल दौरान लिगामेन्ट च्यातिएको थियो । उनले यो सिजन सिटीका लागि एक खेल मात्रै खेलेका छन् । सानेको सिटीका लागि १३४ खेलमा ३९ गोल गरेका छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.