5 years ago
June 20, 2020
एजेन्सी – स्पेनिस ला लिगा अनतर्गत शुक्रबारको खेलमा अंक तालिकाको शीर्षस्थानमा रहेको साविक विजेता बार्सिलोना तेस्रो स्थानको सेभिल्लासँग गोलरहित बराबरीमा रोकियो ।

खेलपछि बोल्दै बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले अब लिग जित्न कठिन हुने बताए । ‘अब हाम्रो मात्र नतिजाले लिग जित्न सम्भव छैन । पछिल्लो दुई सातामा जस्तो प्रदर्शन गर्यौं, त्यसको आधारमा लिग जित्न सहज देख्दिन,’ उनले भने ।
पिकेले रियलको प्रदर्शन राम्रो रहेकाले पनि लिग जित्नु आफ्नो हातमा नरहेको बताए । ‘हामी आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछौं । हामीले सोचे अनुरुप प्रदर्शन गर्न सकिरहेका छैनौं । मैले रियलको दुवै खेलको नतिजा र उनीहरुको प्रदर्शन हेर्दा उनीहरु यसै पछि पर्ने सम्भावना कम छ,’ पिकेले भने ।
यता प्रशिक्षक किके सेटिनले भने पिकेले सेभिल्लासँग खेलको नतिजा देखेर मात्र यस्तो अभिव्यक्ति दिएको बताए । ‘ उनी खेलपछि निकै दुखि थिए, त्यसैले त्यस्तो अभिव्यक्ति दिएका हुन् । हामीले पहिलो हाफमा निकै खराब प्रदर्शन गर्यौं । मलाई थाहा छ अहिले सकारात्मक सोच आउन कठिन छ, तर भोली उनले पक्कै अर्कै सोच बनाउनेछन्,’ सेटिनले भने ।

सेटिनका अनुसार रियलले लिगका बाँकी सबै खेल जित्ने छैन । ‘मलाई लाग्दैन रियल म्याड्रिडले पनि बाँकी सबै खेल जित्नेछ । सच्चाई यो हो की अब लिग हाम्रो पकडमा छैन, तर यो बदलिन पनि सक्छ,’ सेटिनले भने ।
‘हामीलाई पहिला नै थाहा थियो की बाँकी रहेका सबै खेल जित्न सम्भव छैन । म एक अंक जोडेर सन्तुष्ट छु भन्न खोजेको होइन । तर बराबरी र हारमध्य जसले पनि बराबरी नै रोज्छ,’ उनले टुंग्याए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]