default_image

5 years ago

June 20, 2020

फिफा विश्वकप छनोट : प्रशिक्षण सुरु गर्ने तयारी

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विश्वकप छनोटको तयारी सुरु गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत सरकारको अनुमति लिन प्रयास थालेको छ ।

एन्फा कार्यसमितिको मंगलबार बसेको आपतकालिन बैठकले जुलाईमा राष्ट्रिय फुटबल टोलीको तयारी सुरु गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार एन्फाले राखेपलाई पत्राचार गर्दै युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सम्बन्धित अन्य निकायबाट अनुमति लिन प्रयास थालिएको राष्ट्रिय टोलीका व्यवस्थाक मधुसुदन प्याकुरेलले जानकारी दिए ।

प्याकुरेलका अनुसार साउनको सुरुवातबाट प्रशिक्षण सुरु गर्ने गरि अनुमति मागिएको बताए । राष्ट्रिय टोलीको प्रशिक्षण अघि खेलाडीहरुको पिसिआर प्रशिक्षणका लागि पनि राखेपमार्फत पहल भइरहेको उनले जानकारी दिए । खेलाडीलाई एन्फा एकेडेमीकै होस्टलमा राख्नुका साथै अन्य सुरक्षा सतर्कता अपनाईने तयारी भइरहेको पनि एन्फा केन्द्रीय सदस्य समेत रहेको प्याकुरेलले जानकारी दिए ।

एसियाली फुटबल महासंघ (एएफसी) ले असोज २२ गते विश्व कप छनोटको स्थगित खेल्ने यसअघि नै जानकारी गराइसकेको छ । विश्वभर महामारीको रुप लिइरहेको कोभिड १९ का कारण चैतमा हुनु पर्ने विश्व कप छनोट स्थगित भएको थियो । नेपालले विश्व कप छनोटका अब ३ वटा खेल खेल्न बाँकी छ । ती सबै खेल दशरथ रंगशालामा हुनेछन् ।

तयारी र अन्य विषयमा छलफल गर्न शुक्रबार खेलाडी, प्रशिक्षक र सम्बन्धित व्यक्तिहरुबीच अनलाइन बैठक बसेर छलफल भएको एन्फाले जनाएको छ । छलफलका क्रममा खेलाडीले चाडो भन्दा चाडो विश्व कप छनोटका लागि तयारी थाल्न सुझाव दिएका थिए ।

व्यक्तिगत रुपमा फिट हुने प्रयास गरेपनि म्याचका लागि भने तयार हुन केहि समय लाग्ने बताएको प्याकुरेलले बताए । सो छलफलमा स्वीडेनमा रहेका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिन, अष्ट्रेलियामा रहेका प्राविधिक निर्देशक ग्यारी फिलिप्स, फिजियो आविष्कार पुडासैनी र डाक्टर राजु डंगोल पनि सहभागी थिए ।

प्रशिक्षक कालिन र फिलिप्सले कोरोना १९ को संक्रमण झन् झन् बढेको अवस्थामा रहेकोले फिफा र डब्लुएचओको निर्देशनका लागि अनिवार्य रुपमा पालना गरि प्रशिक्षण थाल्नुपर्ने सुझाएका बताइएको छ । त्यस्तै फिजियो पुडासैनी र डाक्टर डंगोलले पनि खेलाडीको स्वास्थ्यलाई लिएर सर्तकता अपनाईनेमा आश्वस्त पारे ।

यो पनि पढ्नुहोस : दशैंअघि नै दशरथ रंगशालामा नेपाल र अष्ट्रेलिया खेल्ने

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.