5 years ago
June 21, 2020
एजेन्सी – न्युक्यासल युनाइटेडले शीर्ष चारको दौडमा रहेको सेफिल्ड युनाइटेडमाथि सानदार जित हात पारेको छ । न्युक्यासलले १० खेलाडीमा समेटिएको सेफिल्डमाथि ३–० को सानदार जित निकालेको हो ।

न्युक्यासलको सानदार जितमा एलान सेन्ट म्याक्सीमिन, माट रिट्ची र जोइलिन्टनले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि सेफिल्ड ५०औं मिनेटमा १० खेलाडीमा समेटिएपछि त्यसको फाइनल न्युक्यासलले उठाएको हो ।
खेलको ५०औं मिनेटमा १० खेलाडीमा समेटिएपछि सेफिल्ड समस्यामा परेको थियो । जाइलिन्टनमाथि फउल गरेपछि सेफिल्डका जोन इगान दोहोरो पँहेलोकार्डसहित मैदानबाट बाहिरिएका थिए । त्यसको ५ मिनेटपछि न्युक्यासलले खेलमा अग्रता बनाएको थियो । एलान सेन्ट म्याक्सीमिनले माट रिट्चीको पासमा गोल गरेका थिए।

६९औं मिनेटमा न्युक्यासलले अग्रता दोब्बर बनायो । इसाक हेडिनको पासमा माट रिट्चीले गोल गरे । ७८औं मिनेटमा जोइलिन्टनले गोल गर्दै न्युक्यासलको जित पक्का गरे । उनले मिगुल अलमिरोनको पासमा गोल गरेका थिए ।
जितपछि न्युक्यासलको ३० खेलबाट ३८ अंक पुगेको छ । हारपछि सेफिल्डले पाँचौ स्थानमा उक्ले अवसर गुमाएको छ । सेफिल्ड ४४ अंक जोडेर सातौ स्थानमा रहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]