default_image

4 years ago

June 24, 2020

बोकाबाट खेल्ने भिडालको चाहना

46 views

0 Bookmark

एजेन्सी – बार्सिलेनाका मिडफिल्डर आर्टुरो भिडालले बोका जुनियर्सबाट खेल्ने आफ्नो इच्छा रहेको स्वीकारेका छन् । लामो समयदेखि युरोपियन फुटबलमा आबद्ध रहँदै आएको चिलियन खेलाडीले त्यसका वावजुद पनि अर्जेन्टिना जाने आफ्नो इच्छा रहेको सुनाएका छन् ।

‘हामीलाई थाहा छ बोका विजेता हो । त्यसका समर्थकका बारे पनि थाहा छ ,’ उनले भने, ‘अर्जेन्टिनामा बोकाको प्रभावका बारे हामीलाई थाहा छ । त्यहाँ खेल्ने खेलाडीको बारेमा पनि हामीले बुझेका छन् । ‘

उनले बोकाबाट खेल्ने भाग्य आफ्नो अझै नभएको पनि भिडालले बताएका छन् । उनले थपे, ‘मैले त्यहाँ खेल्ने सौभाग्य भएको छैन । तर म जहिले पनि त्यहाँको माहोल अनुभव गर्न चाहन्छु ।’

भिडालका चिलियन सहकर्म गेरी मेडेलले सन् २००९ देखि २०११ सम्म बोका बाट खेलेका थिए । उनीहरुबीचमा बोकाका विषयमा कुरा हुने पनि भिडालले स्मरण गरेका छन् ।

‘गेरी मलाई राम्ररी चिन्छन् । हामी बारम्बार कुराकानी गर्छौ,’ उनले भने, ‘रिभरविरुद्ध गोल गरेपछि कस्तो महसुस गर्छौ भनेर म उनीसँग सोधिरहेको हुन्छु । ‘

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.