default_image

4 years ago

June 24, 2020

इस्को अभ्यासमा फर्कंदा हाजार्डलाई आराम

35 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले पछिल्ला खेलमा बलियो नतिजा निकाल्दै ला लिगा जित्ने सम्भानालाई बलियो बनाएको छ । तर, जिनेदिन जिदानले आशा गरेका फरवार्ड इडान हाजार्डले भने प्रशिक्षणमा भाग लिन सकेनन् ।

रियल सोसिडाडसँग आइतबार भएको खेलमा हाजार्ड एक मिनेट पनि मैदानमा उत्रेनन् । सिजनको सुरुवातमा उनले उच्च प्रदर्शन गर्न नसकेका कारण दर्शक निराश छन् । तथापी उनीबाट रियलले अझै पनि उच्च प्रदर्शनको अपेक्षा राखेको छ । चोटकै कारण लामो समय मैदान बाहिर रहेका उनले सोमबार भने सावधानी लिने क्रममा आराम गरेको बताइएको छ ।

हाजार्ड अभ्यासमा सामेल नहुँदा इस्काले भने मैदान फर्कने सम्भावना बढेको छ । हाजार्डले कोरोनापछि लिग सुचारु भएसँगै सुधारिएको प्रदर्शन गर्दै जिदानलाई राहत दिएका छन् । मालागाका पूर्व मिडफिल्डर इस्को भने पूर्ण अभ्यासमा फर्केका छन् । मासंपेशीको चोटका कारण उनी लामो समयदेखि मैदान बाहिर थिए ।

झन्डै ३ साता देखि आराम गरिरहेका इस्को चाडै मैदान फर्कने सम्भावना देखिएको छ । लुकास भाजक्वेज, नाचो फर्नान्डेज पनि सोमबार अभ्इासमा सामेल भएका थिए । चोटमुक्त हुने प्रयासमा रहेका लुका जोभिक पनि बलसँग अभ्यास गरिरहेका छन् ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.