default_image

4 years ago

June 24, 2020

टोटेनहमको जितमा केनको गोल

45 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्स्परले प्रिमियर लिग अन्तर्गत मंगलबार भएको लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडमाथि २-० को जित दर्ता गरेको छ ।

खेलको पहिलो हाफमा लगातार आक्रमण बुनेपनि टोटेनहमले अग्रता लिन सकेको थिएन । खेलको ४५ औं मिनेटमा कोरियाली फरवार्ड सन ह्युङ मिनले गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै गोललाई मान्यता दिएका थिएनन् । लुकास मौराले पनि गोल गर्ने सुवर्ण अवसर चुकाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा टोटेनहमले आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । जिओभानी लो सेल्सोको कर्नर टोमस सौचेकको खुट्टामा लाग्दै गोल हुँदा घरेलु टोलीले अग्रता लिएको थियो । उक्त गोल हुने क्रममा स्पर्सका डिफेन्डर डाभीन्सन सान्चेजको हातमा बल लागेको भनेपनि भीएआरले गोल मान्यता दिएको थियो ।

८२ औं मिनेटमा फरवार्ड ह्यारी केनले गोल गर्दै जित सुनिश्चित गरे । झन्डै ६ महिना विश्रामपछि गत साता मैदान फर्केका केनले दोस्रो खेलमा नै गोल गर्न सफल रहे । उनले सनले खेलाएको थ्रु पासलाई अगाडी बढाउँदै वन भर्सेस वनको स्थितिमा सुन्दर फिनिस गरेका थिए ।

यस नतिजासँगै टोटेनहमको ३१ खेलमा ४५ अंक भएको छ । सातौं स्थानमा रहेको स्पर्स सेफिल्ड युनाइटेड भन्दा १ अंक मात्र अगाडी छ । लिगको यस चरणमा पाँचौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र सेफिल्ड खेल्दैछन् । वेस्ट ह्याम भने ३१ खेलमा २७ अंकसहित गोल अन्तरको आधारमा रेलिगेसन क्षेत्रबाट एक स्थान माथि छ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.