default_image

4 years ago

June 24, 2020

लुइज अझै एक वर्ष आर्सनलमा रहने

33 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन डिफेन्डर डेविड लुइजले इंग्लिस प्रिमियर लिगको क्लब आर्सनलसँग सम्झौता नविकरण गरेका छन् । गत सिजन चेल्सीबाट आएका लुइजले एक वर्षका लागि बसाईं लम्ब्याएका हुन् ।

आर्सनलले लुइजसँगै डिफेन्डर पाब्लो मारी र सेड्रीक सोआरेसलाई पनि स्थायी रुपमा अनुबन्ध गरेको छ । मारी ब्राजिलियन क्लब फ्लामेंगो तथा सोआरेस इंग्लिस क्लब साउथह्याम्प्टनबाट लोनमा आर्सनल आएका थिए । रियल म्याड्रिडबाट लोनमा आएका मिडफिल्डर ड्यानि सेबालोसले पनि सिजनको अन्त्यसम्म आफ्नो बसाईं लम्ब्याएका छन् ।

लुइजसँगै अन्य खेलाडी आर्सनलको दीर्घकालीन योजनाको महत्त्वपूर्ण पाटो रहेको क्लबका प्राविधिक निर्देशक एडुले बताए । ‘म यी खेलाडी क्लबसँग लामो समय रहने खबरले खुसी छु । उनीहरु प्रशिक्षक मिकेलको दिर्घकालिन योजनाको पाटो हुन् । उनीहरुले टोलीमा सन्तुलन बनाउन सहयोग गर्नेछन्,’ एडुले भने ।

ब्राजिलका ३३ वर्षीय डिफेन्डर लुइज कोरोनापछि आर्सनलले म्यान्चेस्टर सिटीविरुद्ध खेलेको खेलमा रातो कार्ड पाएपछि आलोचित भएका थिए । तर आर्सनलले भने उनलाई टोलीको महत्त्वपूर्ण खेलाडीको रुपमा हेरेको छ ।

‘डेविड हाम्रो लागि महत्त्वपूर्ण खेलाडी हुन् । उनले जारी सिजन सर्वाधिक खेल खेलेका छन् र महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनको पासिङ, समझदारी र मैदान भित्र र बाहिरको भूमिकाले टोलीलाई सहयोग पुगेको छ,’ एडुले थपे ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.