default_image

5 years ago

July 2, 2020

गोलरक्षक किरणलाई विदेशी प्रायोजन

336 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली तथा आईलिग क्लब मिनेर्भा पन्जाबका गोलरक्षक किरण चेम्जोङलाइ विदेशी कम्पनिले प्रायोजन गरेको छ ।

साइप्रसको ग्लोभ्स कम्पनि आरजीले दुई वर्षका लागि किरणसँग सम्झौता गरेको हो । सम्झौता अनुसार आरजीले किरणलाई प्रत्यक वर्ष २० जोर ग्लोभ्स उपलब्ध गराउनेछ ।

दुई वर्ष गरेर झन्डै ६ लाख बराबरको सामग्री किरणले प्राप्त गर्नेछन् । नेपाली फुटबलमा गोलरक्षकका लागि यसरी ग्लोभ्सकै व्यावसायिक सम्झौता भएको यो पहिलो पटक हो ।

किरणले पहिलोपटक भएकाले व्यक्तिगत माग राख्न भन्दापनि सुरुवात राम्रो होस् भन्ने चाहेको बताए । ‘ हामीले यसअघि आफ्नै पैसा खर्च गरेर खरिद गर्दै आएका थियौं । यो सम्झौतालाई सुरुवातको रुपमा लिएको छु ।’

‘आउने दिनमा म मात्र होइन अन्य खेलाडीले पनि यस्तो अवसर पाउने विश्वास लिएको छु । हाललाई दुई वर्ष मात्र भएपनि आउने दिनमा सम्झौता नविकरण हुने विश्वास छ,’ उनले भने ।

किरण हाल भारतमा व्यावसायिक फुटबल खेलिरहेका छन् । नेपाल, माल्दिभ्स र भारको शीर्ष श्रेणी लिग जितेका उनी माल्दिभ्स र नेपाल दुवै लिगमा उत्कृष्ट गोलरक्षक समेत बनिसकेका छन् ।

राष्ट्रिय टोलीमा दशकयता नियमित खेल्दै आएका उनी नियमित कप्तान कप्तानको अनुपस्थितिमा टोलीको नेतृत्व समेत गर्दै आएका छन् । कोरोना संक्रमणका कारण भारतमा लिग स्थगित भएपछि किरण लकडाउनअघि नै नेपाल फर्केका थिए ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.