9 years ago
August 18, 2016
काठमाडौं – मध्यपुर युथ एसोसिएनलाई बी डिभिजन लिगभरका लागि क्लब मध्यपुर रेस्ट्रोले प्रायोजन गरेको छ ।

बी डिभिजन लिग भदौ ५ गते बाट सुरु हुँदैछ । रेस्ट्रोले मुख्य प्रायोजन वापत एसोसिएनलाई ३ लाख नगद र अन्य सामग्री गरि ५ लाख रुपैयाँ बराबर उपलब्ध गराउने छ । एसोसिएनका अध्यक्ष उपेन्द्रमान सिंह र रेस्ट्रोका प्रबन्धक अष्टकुमार कवेले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कवेले सिंहलाई क्लब जर्सीलगायतका खेल सामग्री पनि हस्तान्तरण गरेका थिए । क्लबको जर्सीमा क्लब मध्यपुर रेस्ट्रोको नाम प्रयोग गरिनेछ ।
राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर सिंहले ए डिभिजन पुग्ने लक्ष्यका साथ तयारी गरिरहेको उल्लेख गर्दै भने,‘हामीसँग राजधानी बाहिरका ५ खेलाडी छन् , बाँकी सबै स्थानिय खेलाडी हुन् । यसपटक हामी पुनः ए डिभिजनमा पुग्ने लक्ष्यका साथ अघि बढिरहेका छौं ।’
एसोसिएनका उपाध्यक्ष समेत रहेका रेस्ट्रोका प्रबन्धक कवेले क्लबलाई ए डिभिजनमा पु¥याउने र त्यहाँ पनि प्रायोजना गर्ने इच्छा रहेको बताए । उनले भने,‘एसोसिएसनसँग मिल्दोजुल्दो हुने गरि रेस्ट्रोको नाम जुराएका छौं । त्यसले यो सम्झौता भन्दा पनि आत्मियता हो ।
नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले ए र त्यो भन्दा तल्लो श्रेणीका फुटबलमा ठूलो अन्तर रहेकोले त्यसलाई घटाउन अखिल नेपाल फुटबल (एन्फा) ले अग्रसरता लिनुपर्ने बताए । उनले भने,‘ए डिभिजनमा केही मात्रामा व्यवसायिकता छ । तर बी र सी डिभिजनमा त्यस्तो छैन । एमा १ करोड पुरस्कार र बी जित्दा ५ लाख पुरस्कार राखिनु न्यायसंगत होइन । यसमा पुर्नविचार आवश्यक छ ।’
एसोसिएसनका प्रशिक्षक मनोज रञ्जितले क्लबमा २३ खेलाडी रहेको र तयारी उत्साहजनक भएको बताएका छन् । एसोसिएसनले नै उत्पादन गरेका ५ खेलाडी पनि यसपटक टोलीमा रहेका छन् । २०६९ मा ए डिभिजनबाट घटुवा भएको मध्युपरले यसपटक भदौ ५ गते खुमलटारसँग खेल्दै बी डिभिजनको यात्रा सुरु गर्नेछ ।
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]