default_image

5 years ago

July 16, 2020

रियलको लक्ष्य जितसहित उपाधि

139 views

0 Bookmark

एजेन्सी – अन्तिम २ खेलमा २ अंक जोड्दा रियल म्याड्रिडले यो सिजनको ला लिगा उपाधि जित्नेछ । बाँकी दुई खेलमा बराबरी टोलीलाई उपाधि दिलाउन पर्याप्त हुनेछ । तर टोलीका प्रशिक्षक जिनेदिन जिदान त्यसरी सोचिरहेका छैनन् ।

उनी बिहीबार भिल्लारियलविरुद्ध हुने खेल जित्ने विषयमा मात्र सोचिरहेका छन् । यदि उनले चाहे जस्तो टोलीले भिल्लारियललाई हराएको खण्डमा टोली अन्तिम खेल अघि नै ला लिगामा च्याम्पियन बन्नेछ ।

भिल्लारियल र लेगानेसविरुद्ध हुने अन्तिम दुई खेलमा बराबरीका बारेमा के भन्नुहुन्छ भन्ने प्रश्नमा फ्रान्सेली प्रशिक्षक जिदानको जवाफ थियो, ‘अहिलेका लागि एक मात्र उद्देश्य भनेको बिहीबारको खेलमा ३ अंक जोड्नु हो ।’

उनले आफुले अन्तिम खेलमा बारेमा अहिले नै नसोचेको पनि बताए । ‘हामी बिहीबारको खेल जित्न चाहन्छौं । अहिलेका लागि त्यहि हो । हामी त्यसैका लागि जाने छौं,’ उनले भने, सधै हामी त्यहि चाहन्छौं । भिल्लारियल पनि त्यहि चाहन्छ । ‘

जिदानले अहिले नै च्याम्पियनका रुपमा अनुभव गर्न नमिल्ने बताएका छन् । उनले थपे, ‘के हुन्छ कसैलाई थाहा छैन । रियल उपाधिको नजिक भएपनि जिदान भने जोगिएर बोलिरहेका छन् ।’ शीर्षस्थानको रियल दोस्रो स्थानको बार्सिलाना भन्दा ४ अंकले अगाडि रहेको छ ।

यो पनि पढ्नुहोस : रियललाई आजै च्याम्पियन बन्ने अवसर!

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.