default_image

4 years ago

July 23, 2020

वेष्ट ब्रोम प्रिमियर लिगमा बढुवा

एजेनसी – वेस्ट ब्रोम अल्वियोन दुई वर्षपछि प्रिमियर लिगमा बढुवा भएको छ । इंग्ल्यान्डको दोस्रो डिभिजनको च्याम्पियनसिपको दोस्रो स्थानमा रहँदै वेस्ट ब्रोम दुई वर्षपछि प्रिमियर लिगमा बढुवा हुन सफल भएको हो । वेस्ट ब्रोम २०१८–१९ को सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो । च्याम्पियनसिपको अन्तिम खेलमा बुधबार राति क्वीन्स पार्क रेन्जर्स (क्युपिआर) सँग २–२ गोलको […]

41 views

0 Bookmark

एजेनसी – वेस्ट ब्रोम अल्वियोन दुई वर्षपछि प्रिमियर लिगमा बढुवा भएको छ । इंग्ल्यान्डको दोस्रो डिभिजनको च्याम्पियनसिपको दोस्रो स्थानमा रहँदै वेस्ट ब्रोम दुई वर्षपछि प्रिमियर लिगमा बढुवा हुन सफल भएको हो ।

वेस्ट ब्रोम २०१८–१९ को सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो । च्याम्पियनसिपको अन्तिम खेलमा बुधबार राति क्वीन्स पार्क रेन्जर्स (क्युपिआर) सँग २–२ गोलको बराबरी खेलेपछि वेस्ट ब्रोम सिधै प्रिमियर लिगमा बढुवा भएको हो ।

लिड्स युनाइटेड च्याम्पियनसिको च्याम्पियन हुदै यसअघि नै शीर्ष डिभिजनमा फर्किएको छ । लिड्सले यस सिजन ९३ अंक जोड्यो । दोस्रो स्थानको वेष्ट ब्रोमले ८३ अंक जोड्यो ।

यस्तै प्रिमियर लिगमा बढुवाका लागि स्वान्सी सिटी, फुलहम, ब्रेन्फोर्ड र कार्डिफ सिटीले प्ले अफ खेल खेल्ने छन् । विगान एथ्लेटिक्स, चार्ल्टन एथ्लेटिक र हल सिटी भने तेस्रो डिभिजनमा घटुवा भएका छन् ।

प्रिमियर लिगमा भने नर्विच सिटी रेलिगेसन पर्ने टुंगो लागिसकेको छ । अब रेलिगेसनका दुई स्थानबाट बच्न बर्नमाउथ, वाटफर्ड र एस्टन भिल्ला संघर्षरत छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.