default_image

4 years ago

July 23, 2020

युभेन्टसलाई उडीनेजेको चुनौती

एजेन्सी – इटालयिन सिरी ‘ए’ मा आज राति ३५औं चरणको विभिन्न दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । उपाधिको मुखैमा रहेको शीर्षस्थानको युभेन्टसले उडिनेजेको तथा लाजियोले काग्लिएरीसँग प्रतिस्पर्धा गर्दैछ । युभेन्टस र उडिनेजेको खेल नेपाली समयअनुसार उडिनेसीको मैदानमा राति ११ः१५ बजे हुनेछ ।  घरेलु टोली उडिनेजेलाई पराजित गर्दै युभेन्टस उपाधि यात्रालाई थप मजवुत बनाउने लक्ष्यमा मैदान उत्रनेछ […]

31 views

0 Bookmark

एजेन्सी – इटालयिन सिरी ‘ए’ मा आज राति ३५औं चरणको विभिन्न दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । उपाधिको मुखैमा रहेको शीर्षस्थानको युभेन्टसले उडिनेजेको तथा लाजियोले काग्लिएरीसँग प्रतिस्पर्धा गर्दैछ ।

युभेन्टस र उडिनेजेको खेल नेपाली समयअनुसार उडिनेसीको मैदानमा राति ११ः१५ बजे हुनेछ ।  घरेलु टोली उडिनेजेलाई पराजित गर्दै युभेन्टस उपाधि यात्रालाई थप मजवुत बनाउने लक्ष्यमा मैदान उत्रनेछ । ८० अंक रहेको युभेन्टसले उडिनेसीलाई हराए दोस्रो स्थानको एटलान्टालाई ९ अंकले पछि पार्नेछ । दोस्रो स्थानको एटलान्टाको ७४ अंक छ ।

उच्च फर्ममा रहेका क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, मिरालेम प्यानिच, एलेक्स सान्द्रो, जुवान क्वार्डाडो र म्याथिज डि लिग्ट जस्ता खेलाडीको युभेन्टसलाई साथ रहेको छ । यता, उडिनेजे पनि घरेलु मैदानमा युभेन्टसलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । उडिनेसी ३६ अंक जोडेर १६औं स्थानमा छ ।

यस्तै अर्काे खेलमा लाजियो र काग्लिएरीबीच राति १ः३० बजे प्रतिस्पर्धा हुदैछ । काग्लिएरीलाई हराए लाजियोले शीर्ष चारमा आफ्नो स्थान पक्का गर्नेछ । लाजियो ६९ अंक जोडेर चौथो स्थानमा तथा काग्लिएरी ४२ अंक जोडेर १३औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.