default_image

4 years ago

July 23, 2020

नेपोलीसँग बार्सिलोनाबारे सोच्ने समय छैन

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेगमा क्याटलान क्लब बार्सिलोना र नेपोलीबीच अगस्ट दोस्रो साता खेल हुँदैछ । तर नेपोलीका प्रशिक्षक जेनारो गाटुसोले हाल बार्सिलोनाबारे सोच्ने समय नभएको बताएका छन् । इटालियन सिरी ए अन्तर्गत बुधबारको खेलमा नेपोली पार्मासँग २-१ ले पराजित हुन पुग्यो । लगातार ५ खेल अपराजित रहेको […]

39 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेगमा क्याटलान क्लब बार्सिलोना र नेपोलीबीच अगस्ट दोस्रो साता खेल हुँदैछ । तर नेपोलीका प्रशिक्षक जेनारो गाटुसोले हाल बार्सिलोनाबारे सोच्ने समय नभएको बताएका छन् ।

इटालियन सिरी ए अन्तर्गत बुधबारको खेलमा नेपोली पार्मासँग २-१ ले पराजित हुन पुग्यो । लगातार ५ खेल अपराजित रहेको नेपोलीले च्याम्पियन्स लिगमा खेल्न बाँकी रहेपनि लिगको स्थानका आधारमा अर्को सिजन छनोट हुने सम्भावना भने सकिएको छ । अब नेपोलीले च्याम्पियन्स लिग उपाधि जितेमात्र अर्को वर्ष च्याम्पियन्स लिग खेल्नेछ । यद्यपि टोलीले लिग स्थानका आधारमा युरोपा लिगमा स्थान बनाउन भने कसरत जारी राखेको छ ।

लिगको तीन चरणको खेल बाँकी रहँदा नेपोलीले अधिकतम पाँचौ स्थानसम्म रहेर लिग समाप्त गर्न सक्छ । हाल नेपोली ३५ खेलमा ५६ अंकसहित सातौं स्थानमा रहेको छ । समान खेल खेलेको रोमा ६१ अंक सहित पाँचौ स्थानमा छ भने एसी मिलान ५९ अंकसहित छैटौं स्थानमा छ ।

प्रशिक्षक गाटुसोले पार्माविरुद्ध हारपछि अहिले नै बार्सिलोनाबारे सोच्ने अवस्था नरहेको प्रष्ट पारेका हुन् । उनले हाल घरेलु लिगको नतिजालाई नै प्राथमिकता दिन खेलाडीलाई भनेका छन् । नेपोलीको डिफेन्स पछिल्लो समय अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकिरहेको छैन ।

‘ हामी अहिले नै बार्सिलोनाबारे सोच्न सक्दैनौं । हामी धेरै गोल खाइरहेका छौं,’ गाटुसोले भने, ‘हामी विपक्षी टोलीको क्षेत्रमा धेरै समय बिताउँछौं भन्दैमा हामी  उत्कृष्ट छौं भन्ने अवस्था छैन । रक्षात्मक रुपमा पनि हामी बलियो हुन आवश्यक छ ।’

‘तथ्यांक हेरेर मात्र पनि हामीले गोल खाएको देख्न सक्छौं । जब विपक्षी टोलीले अवसर सिर्जना गर्छ हामी समस्यामा पर्छौं । यसको दोष हाम्रो डिफेन्स मात्र नभएर पुरै टोलीले लिनुपर्छ ।’

नेपोलीले अब लिगको ३ खेल बाँकी रहँदा शीर्ष ८ भित्रका प्रतिद्वन्द्वीसँग खेल बाँकी छ । शनिबार सासुओलोको सामना गर्ने तयारीमा रहेको नेपोलीले त्यसपछि इन्टर मिलान र लाजियोसँग खेल्नेछ । सासुओलो आठौं स्थानमा रहँदा इन्टर र लाजियो लिगको शीर्ष ४ स्थानमा रहने लगभग पक्का भएको छ ।

नेपोली र बार्सिलोनाबीच च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । दोस्रो लेग बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । उक्त खेलमा नेपोलीले कम्तिमा एक गोल गरेमात्र अगाडी बढ्ने सम्भावना रहन्छ । गोलरहित बराबरीले बार्सिलोनालाई फाइदा पुग्नेछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.