default_image

4 years ago

July 23, 2020

जसले एकै सिजनमा रियल र बायर्नबाट लिग जिते

एजेन्सी – हरेक खेलाडीका लागि सिजनको सुरुवातमा लिग उपाधि जित्नु मुख्य लक्ष्य हुन्छ । लिगमा कमजोर प्रदर्शन भए कम्तिमा कप उपाधिले चित्त बुझाउने धेरै हुन्छन् । अझ ठूला टोलीका खेलाडीले लिग र कप दुवैलाई प्राथमिकतामा राख्छन् । तर कमै खेलाडीले एकै सिजनमा दुई पटक लिग जित्ने उपलब्धि हासिल गर्छन् । यस सिजन स्पेनिस डिफेन्डर अल्भारो […]

34 views

0 Bookmark

एजेन्सी – हरेक खेलाडीका लागि सिजनको सुरुवातमा लिग उपाधि जित्नु मुख्य लक्ष्य हुन्छ । लिगमा कमजोर प्रदर्शन भए कम्तिमा कप उपाधिले चित्त बुझाउने धेरै हुन्छन् । अझ ठूला टोलीका खेलाडीले लिग र कप दुवैलाई प्राथमिकतामा राख्छन् । तर कमै खेलाडीले एकै सिजनमा दुई पटक लिग जित्ने उपलब्धि हासिल गर्छन् ।

यस सिजन स्पेनिस डिफेन्डर अल्भारो ओड्रीओजोलाले यस्तै दुर्लभ उपलब्धि हासिल गरेका छन् । रियल म्याड्रिडका राइट ब्याक उनले सिजनको दोस्रो हाफ जर्मन टोली बायर्न म्युनिखका लागि खेलेका थिए । स्पेनमा रियल म्याड्रिडले ला लिगा जित्दा जर्मनीमा बायर्न म्युनिख बुन्डेसलिगा च्याम्पियन बन्यो । ओड्रीओजोलाले दुवै टोलीबाट विजेता बनेका कारण मेडल प्राप्त  गर्नेछन् ।

२४ वर्षीय ओड्रीओजोलाले रियल म्याड्रिडमा सिजनको अघिल्लो भाग खेलेका थिए । उनले रियलको जर्सीमा ४ खेल ला लिगा तथा १ खेल च्याम्पियन्स लिगमा खेले । रियलमा ड्यानी कार्भाजल पहिलो रोजाईको राइट ब्याक रहेको र विकल्पमा फर्लान्ड मेन्डीले खेल्न सक्ने भएकाले बायर्नको लोनमा लिने प्रस्तावलाई रियलले स्वीकारेको थियो ।

ओड्रीओजोलाले बायर्नमा पुगेर पहिलो रोजाईमा भने खेल्न पाएनन् । उनले ४  खेल खेल्ने क्रममा १ सय ६० मिनेट मैदानमा बिताए । लिग सकिएपनि बायर्नले उनको लोन सम्झौता च्याम्पियन्स लिगको अन्त्यसम्मका लागि बढाएको छ । उनी डिफेन्समा विकल्पका रुपमा रहेका छन् ।

ओड्रीओजोलाले बायर्नसँग रहेर यस सिजनको डीएफबि पोकाल पनि जितिसकेका छन् । बायर्नले लेभरकुसनलाई पराजित गर्दै उक्त उपाधि उचालेको थियो । अब बायर्न सिजनको तेस्रो उपाधिका रुपमा च्याम्पियन्स लिग उपाधिका लागि भिडिरहेको छ । ओड्रीओजोलाले व्यक्तिगत रुपमा चौथो उपाधि जित्ने सम्भावना अझै जीवित छ ।

रियल सोसीडाडको एकेडेमीमा हुर्केका ओड्रीओजोलाले सन् २०१७ मा सिनियर टोलीबाट ला लिगामा डेब्यु गरे । सन् २०१८ मा रियलले उनलाई खरिद गरेको हो । रियलमा दोस्रो रोजाईमा खेलेका उनी स्पेनको सिनियर टोलीबाट समेत खेलिसकेका छन् । उनले स्पेनको यू-२१ उमेर समूहमा पनि खेलेका थिए । स्पेन सन् २०१७ मा युरो यू-२१ को फाइनलमा पराजित हुँदा उनी टोलीका सदस्य थिए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.