default_image

4 years ago

July 23, 2020

मनाङका कप्तान ‘अफसाइड’मा

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)— राष्ट्रिय फुटबल खेलाडी तथा मनाङ मर्स्याङ्दी क्लबका कप्तान कमल श्रेष्ठसहित अन्य फुटबल खेलाडी अभिनित वेब सिरिज ‘अफसाइड’ को पहिलो भाग बिहीबार सार्वजनिक भएको छ । सिरियल यूट्यूब र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो ।

फुटबल खेलाडी र नेपाल फुटबल एजेन्टको सहजकार्यमा सिरिज तयार पारिएको सिरिज १२ भाग सम्म तयार पारिने सिरिजका निर्देशक सुगन कुमार तण्डुकारले जानकारी दिएका छन् । कोभिड १९ का कारण फुटबलसहित सबै खेलमा प्रत्यक्ष रुपमा असर परेको अवस्थामा खेलाडीलाई मनोबैज्ञानिक रुपमा सकारात्मक सन्देश दिनका लागि सिरिजको निर्माण गरिएको बताइएको छ ।

संकटाका कप्तान समेत रहेका रवि सिलवाल, राष्ट्रिय टोलीबाट खेलिसकेका कमलसहित विभिन्न ए डिभिजन फुटबल क्लबबाट खेलेका आशिक थापा, एनआरटीका डिकेस खड्का र सकल रेग्मी, एपिएफ क्लबका राजु नगरकोटी, जनक कोइराला तथा फुटबल एजेन्टका निर्देशक तण्डुकारको अभिनय रहेको छ ।

खेलाडीलाई मानश्री थिएटरकी कलाकार अनुजाले सहयोग गरेको बताइएको छ । सिरिजका अन्य भाग नियमित रहने निर्देशक तन्डुकारले जानकारी दिए ।

सिरिजको पहिलो भाग :

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.