default_image

4 years ago

July 23, 2020

युभेन्टस आजै च्याम्पियन बन्न सक्ने !

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत बिहीबार राती हुने खेलमा उडीनेजेलाई पराजित गरे युभेन्टसले लगातार नवौं पटक लिग उपाधि जित्नेछ । उक्त खेल नेपाली समयअनुसार उडीनेजेको मैदानमा राति ११ः१५ बजे हुनेछ । अंक तालिकाको शीर्षस्थानमा रहेको युभेन्टसको ८० अंक रहेको छ । युभेन्टसले आजको खेलमा जित दर्ता गरे दोस्रो स्थानको एटलान्टालाई ९ अंकले पछि पार्नेछ […]

51 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत बिहीबार राती हुने खेलमा उडीनेजेलाई पराजित गरे युभेन्टसले लगातार नवौं पटक लिग उपाधि जित्नेछ । उक्त खेल नेपाली समयअनुसार उडीनेजेको मैदानमा राति ११ः१५ बजे हुनेछ ।

अंक तालिकाको शीर्षस्थानमा रहेको युभेन्टसको ८० अंक रहेको छ । युभेन्टसले आजको खेलमा जित दर्ता गरे दोस्रो स्थानको एटलान्टालाई ९ अंकले पछि पार्नेछ । लिगको तीन चरणका खेल मात्र बाँकी रहेको अवस्थामा यस जितले युभेन्टसलाई कीर्तिमानी उपाधिसम्म पुर्याउनेछ ।

युभेन्टसले आजको खेल जितेमा तीन खेल बाँकी रहँदा युभेन्टस र एटलान्टाबीच ९ अंकको फरक रहनेछ । बाँकी खेलमा एटलान्टाले सबै जितेर युभेन्टसले बाँकीमा हार बेहोरेपनि दुवै टोलीको अंक बराबर हुनेछ । यस्तो अवस्थामा युभेन्टस र एटलान्टाबीच हेड टु हेड नतिजा हेरिनेछ । हेड टु हेडमा युभेन्टसले एटलान्टाको मैदानमा ३-१ को जित दर्ता गर्दा दोस्रो खेल २-२ को बराबरीमा सकिएको थियो ।

आजको खेलमा सबैको नजर उच्च फर्ममा रहेका फरवार्ड क्रिस्टियानो रोनाल्डोमा हुनेछ । लिगको सर्वाधिक गोलकर्ता सुचीमा रोनाल्डो र लाजियोका चिरो इम्मोबिले समान ३०-३० गोलमा छन् । लाजियोले पनि आज नै काग्लियारीको सामना गर्दैछ । रोनाल्डोले पछिल्लो खेलमा २ गोल गर्दै समग्रमा इटालीको शीर्ष लिगमा ५० गोल समेत पूरा गरेका थिए ।

युभेन्टसमा रोनाल्डोसँगै पाउलो डिबाला, मिरालेम प्यानिच, एलेक्स सान्द्रो, जुवान क्वार्डाडो र म्याथिज डि लिग्ट जस्ता खेलाडी रहेका छन् । यता, उडिनेजे पनि घरेलु मैदानमा युभेन्टसलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । उडिनेसी ३६ अंक जोडेर १६औं स्थानमा छ । रेलिगेसन क्षेत्रबाट टोली ४ अंक अगाडि छ ।

आज नै अर्काे खेलमा लाजियो र काग्लिएरीबीच राति १ः३० बजे प्रतिस्पर्धा हुदैछ । काग्लिएरीलाई हराए लाजियोले शीर्ष चारमा आफ्नो स्थान पक्का गर्नेछ । लाजियो ६९ अंक जोडेर चौथो स्थानमा तथा काग्लिएरी ४२ अंक जोडेर १३औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.