4 years ago
July 24, 2020
एजेन्सी – स्पेनिस क्लब भिल्लारियलले इंग्लिस क्लब आर्सनल तथा फ्रेन्च क्लब पीएसजीका पुर्व प्रशिक्षक युनाई इम्रीलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । इम्रीलाई भिल्लाले बिहीबार तीन वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । सम्झौतासँगै ४८ वर्षीय इम्री २०२३ सम्म भिल्लामा रहनेछन् । लगातार खराव प्रदर्शनपछि इम्रीलाई गत नोभेम्बरमा आर्सनलले बर्खास्त गरेको थियो । […]
एजेन्सी – स्पेनिस क्लब भिल्लारियलले इंग्लिस क्लब आर्सनल तथा फ्रेन्च क्लब पीएसजीका पुर्व प्रशिक्षक युनाई इम्रीलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
इम्रीलाई भिल्लाले बिहीबार तीन वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । सम्झौतासँगै ४८ वर्षीय इम्री २०२३ सम्म भिल्लामा रहनेछन् । लगातार खराव प्रदर्शनपछि इम्रीलाई गत नोभेम्बरमा आर्सनलले बर्खास्त गरेको थियो । त्यसयता उनी क्लबबिहीन रहेका थिए ।
प्रशिक्षक इम्रीले स्पेनकै सेभिल्ला र भ्यालेन्सियालाई पनि प्रशिक्षण दिइसकेका छन् । इम्रीले सेभिल्लालाई लगातार तीन सिजन युरोपा लिगको उपाधि दिलाएका थिए । पीएसजीबाट उनले एक लिग वान र समान दुईपटक फ्रेन्च कपल कोपा डि लिग र ट्रफी डि च्याम्पियन जिताएका छन् । आर्सनललाई युरोपा लिगको उपविजेता बनाएको थियो ।
May 2, 2024
दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको थियो। त्यसमा ७ लाख […]
May 2, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]
May 1, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]