default_image

4 years ago

July 24, 2020

लाजियो १३ वर्षपछि च्याम्पियन्स लिगलाई छनोट

एजेन्सी – काग्लिएरीमाथि पूनरागमन जित निकाल्दै लाजियोले इटालियन सिरी ‘ए’ मा शीर्ष चारमा स्थान पक्का गरेको छ । बिहीबार राति काग्लिएरीमाथि २–१ को पूनरागमन जित निकाल्दै लाजियोले शीर्ष चारमा स्थान पक्का गर्दै १३ वर्षपछि युरोपियन फुटबलमा फर्कन सफल भएको हो । लाजियोको पूनरागमन जितमा सेरगेज मिलिनकोभिक साभिक र सिरो इम्मोबिलेले गोल गरे । काग्लिएरीका जियोभानी […]

36 views

0 Bookmark

एजेन्सी – काग्लिएरीमाथि पूनरागमन जित निकाल्दै लाजियोले इटालियन सिरी ‘ए’ मा शीर्ष चारमा स्थान पक्का गरेको छ । बिहीबार राति काग्लिएरीमाथि २–१ को पूनरागमन जित निकाल्दै लाजियोले शीर्ष चारमा स्थान पक्का गर्दै १३ वर्षपछि युरोपियन फुटबलमा फर्कन सफल भएको हो ।

लाजियोको पूनरागमन जितमा सेरगेज मिलिनकोभिक साभिक र सिरो इम्मोबिलेले गोल गरे । काग्लिएरीका जियोभानी सिमिओनले गरेको गोल सान्त्वना बन्यो ।  प्रतिस्पर्धात्मक खेलको ४५औं मिनेटमा सिमिओनको गोलबाट पाहुना टोलीले खेलमा १–० को अग्रता बनाएको थियो । ४७औं मिनेटमा सेरगेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यो सिजन सिरी ‘ए’ को गोल्डेन बुटको दौडमा रहेको सिरो इम्मोबिलेले गोल गर्दै लाजियोलाई २–१ को अग्रता दिलाए । उनले लुइस अल्ब्रेटोको पासमा गोल गर्दै सिरी ‘ए’ मा ३१ गोल पुर्‍याएका छन् । उनले युभेन्टसका क्रिस्टियानो रोनाल्डो (३०) लाई पछि पारेका छन् । सिरी ‘ए’ मा अझै तीन चरणको खेल बाँकी छ ।

त्यसपछि थप गोल निस्कन नसक्दा लाजियो २–१ ले विजयी हुन सफल भयो । जितसँगै लाजियोको ३५ खेलबाट ७२ अंक जोडेर चौथो स्थानमा रहेको छ । अंक गणितीय हिसवमा लाजियोको पनि उपाधि होड यथावत छ ।

शीर्षस्थानको युभेन्टस उडिनेसीसँग २–१ ले पराजित भएपछि ८० अंकमा सीमित छ । दोस्रो स्थानको एटलान्टाको ७४ तथा तेस्रो स्थानको इन्टर मिलानको ७३ अंक छ । पराजित काग्लिएरी ४२ अंक जोडेर १३औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.