default_image

4 years ago

July 24, 2020

थकित युभेन्टस!

एजेन्सी – इटालियन सिरी ए को साविक विजेता युभेन्टसलाई बिहीबार लगातार नवौं पटक लिग उपाधि पक्का गर्ने सुवर्ण अवसर थियो । तर पहिलो हाफमा अग्रता लिनका बाबजुद टोलीले रेलिगेसनको डर बोकिरहेको उडिनेजेसँग २-१ को हार बेहोर्नुपर्यो । खेलपछि युभेन्टसका प्रशिक्षक माउर्जियो सार्रीले टोली शारीरिक र मानिसक रुपमा नै थकित भएकाले अपेक्षित नतिजा निकाल्न नसकेको अभिव्यक्ति […]

45 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए को साविक विजेता युभेन्टसलाई बिहीबार लगातार नवौं पटक लिग उपाधि पक्का गर्ने सुवर्ण अवसर थियो । तर पहिलो हाफमा अग्रता लिनका बाबजुद टोलीले रेलिगेसनको डर बोकिरहेको उडिनेजेसँग २-१ को हार बेहोर्नुपर्यो ।

खेलपछि युभेन्टसका प्रशिक्षक माउर्जियो सार्रीले टोली शारीरिक र मानिसक रुपमा नै थकित भएकाले अपेक्षित नतिजा निकाल्न नसकेको अभिव्यक्ति दिए । कोरोनापछि लगातार खेल्नुपर्ने अवस्था सिर्जना हुँदा युभेन्टसले २४ दिनको अन्तरमा नै ६ खेल खेलिसकेको छ । सार्रीले लगातार खेल्दा खेलाडीको प्रदर्शनमा एकरुपता आउन नसकेको बताए ।

‘यो समयमा हामी शारीरिक र मानसिक रुपमा नै थकित भएका छौं । यो सबै टोलीमा देखिएको समस्या हो,’ उनके भने, ‘ यस्तो अवस्थामा आक्रामक रुपमा खेल्दा झनै थकान बढेको छ । खेलको अवस्था चाडै बदलिने कारण पनि यसैले गर्दा हो । खेलमा एकै प्रकारको प्रदर्शन देख्न पाइएको छैन ।’

सार्रीले खेलाडीले आफ्नो रणनीति अनुसार नै खेल्न नसकेको पनि बताए । ‘ पछिल्लो समय हाम्रो योजना मैदानमा राम्रोसँग अबलम्बन भएको छैन । पहिलो हाफको प्रदर्शन राम्रो थियो । दोस्रो हाफमा गोल खाएपछि हामीले जसरी पनि जित्ने प्रयासमा गल्ति गर्न पुग्यौं । खेलको अन्त्यतिर गोलकै पछि लाग्दा काउन्टरमा गोल खाएर पराजित हुनुपर्यो ।’

युभेन्टसले अब आइतबार साम्प्डोरियासँगको खेलमा जित दर्ता गरे उपाधि पक्का गर्नेछ । यस्तै टोलीले अर्को महिना च्याम्पियन्स लिगको दोस्रो लेगमा फ्रान्सेली क्लब लियोनसँग पनि खेल्न बाँकी छ । सार्रीले भने अहिले पूरा ध्यान इटालीमै रहेको बताए ।

‘अहिले हाम्रो सोच आइतबारको खेलमा छ । साम्पडोरियालाई हराएर उपाधि पक्का गर्न बाँकि छ । उक्त खेलपछि मात्र हामीले कपको बारेमा सोच्ने हो,’ सार्रीले भने । युभेन्टसले पहिलो लेगको खेलमा १-० को हार बेहोरेको थियो । युभेन्टसले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाउन जितको विकल्प रहनेछैन ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.