default_image

4 years ago

July 24, 2020

कुबो र रेनिएरले रियलबाट नखेल्ने

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडका युवा मिडफिल्डरद्वय ताकेफुसा कुबो र रेनिएर कार्भाल्होले अर्को सिजन रियल म्याड्रिडबाट नखेल्ने देखिएको छ । स्पेनिस लिगको नियम अनुसार कुनैपनि टोलीले आफ्नो टोलीमा ५ जना र एकै खेलमा ३ जनामात्र युरोप बाहिरको खेलाडी खेलाउन पाउँछन् । हाल रियलमा उक्त कोटाबाट ब्राजिलका भिनीसियस जुनिअर, एडर मिलिसाओ र रोड्रीगो गोएस छन् […]

45 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडका युवा मिडफिल्डरद्वय ताकेफुसा कुबो र रेनिएर कार्भाल्होले अर्को सिजन रियल म्याड्रिडबाट नखेल्ने देखिएको छ ।

स्पेनिस लिगको नियम अनुसार कुनैपनि टोलीले आफ्नो टोलीमा ५ जना र एकै खेलमा ३ जनामात्र युरोप बाहिरको खेलाडी खेलाउन पाउँछन् । हाल रियलमा उक्त कोटाबाट ब्राजिलका भिनीसियस जुनिअर, एडर मिलिसाओ र रोड्रीगो गोएस छन् । यसकारण रियलले कुबोलाई अर्को सिजन पनि लोनमा पठाउने सम्भावना देखिएको छ । युरोपका केहि ठूला टोलीले पनि उनीमाथि नजर राखेका छन् ।

यद्यपि कुनैपनि खेलाडीले लगातार दुई वर्ष स्पेनमै खेलेको खण्डमा भने उनीहरुले स्पेनी पासपोर्ट आवेदन दिन पाउनेछन् । भिनिसियस स्पेनी पासपोर्ट आवेदन दिन योग्य भइसक्दा पनि कोरोनाका कारण प्रक्रिया अगाडि बढ्न नसक्दा उनले समयमा नै पासपोर्ट नपाउने देखिएको छ । त्यसैले उनी अर्को सिजन कोटाबाट नै खेल्नेछन् ।

कुबो र रेनिएरले रियलको सिनियर टोलीमा अहिले नै नियमित खेल्ने सम्भावना छैन । त्यसैले रियल दुवै खेलाडीका लागि लोनमा पठाउन क्लबको खोजीमा छ । रियलले दुवैलाई सकेसम्म स्पेनिस लिगमा नै खेलाउन चाहेको छ । युरोपेली प्रतियोगिताको अनुभव बटुल्न पनि अन्य क्लब उनीहरुको गन्तव्य बन्न सक्छन् ।

रियलले मार्टिन ओडेगार्ड खेलिरहेको रियल सोसीडाडलाई कुबोको गन्तव्यका रुपमा हेरेको एएसले जनाएको छ । ओडेगार्डले उत्कृष्ट प्रदर्शन गर्दै रियलमा फर्कने संकेत दिएपनि हाल उनी त्यहींबाट खेल्नेछन् । उनलाई अर्को सिजनपछि मात्र क्लबले फिर्ता बोलाउने सहमति भएको छ । रेनिएरलाई भने रियल भालाडोलिडले ला लिगामा मौका दिने लक्ष्यसहित आबद्ध गराउन खोजेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.