default_image

4 years ago

July 26, 2020

शीर्ष चार र रेलिगेसनको प्रतिस्पर्धा

83 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको यो सिजन आज राति सकिदैछ । प्रिमियर लिगको अन्तिम दिन आज राति ३८औं चरणको सबै १० खेलमा एकै समयमा प्रतिस्पर्धा हुँदैछ ।

लिभरपुलले यो सिजनको उपाधि जितिसक्दा म्यानचेस्टर सिटीले दोस्रो स्थान पक्का गरिसकेको छ । नर्विच सिटी रेलिगेसनमा परिसकेको छ । शीर्ष चार र रेलिगेसनमा समान तीन टोलीको उच्च प्रतिस्पर्धा रहेको छ । म्यानचेस्टर युनाइटेड, चेल्सी र लेस्टर सिटीबीच शीर्ष चारमा तीब्र प्रतिस्पर्धा रहँदा एस्टन भिल्ला, वाट्फोर्ड र बर्नमाउथ पनि रेलिगेसनबाट बच्न संघर्षरत छ ।

आज राति सबै १० खेलहरु एकै समय राति ८ः४५ बजे हुनेछ । १० खेलमध्ये सबैको नजर लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड तथा चेल्सी र वल्भ्सबीचको केन्द्रित हुनेछ । यही दुई खेलले शीर्ष चारको लागि दुई टोलीको टुंगो लगाउनेछ । म्यानचेस्टर युनाइटेडले लेस्टरको मैदानमा तथा चेल्सीले वल्भ्ससँग बराबरी खेलेपनि शीर्ष चारमा स्थान पक्का गर्दै च्याम्पियन्स लिग खेल्न पाउनेछ ।

युनाइटेड बराबरीमा रोकिएको अवस्थामा चेल्सी विजयी भए हेड टु हेडका आधारमा चौथो टिमको टुंगो लाग्नेछ । चेल्सीले हार बेहोरेमा र लेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको अवस्थामा लेस्टर गोल अन्तरमा चौथो स्थानामा रहनेछ । चेल्सीले बराबरी खेलेमा र लेस्टर पराजित भएमा चेल्सी र युनाइटेड शीर्ष चारमा रहनेछ । चेल्सी बराबरीमा रोकिएमा लेस्टर विजयी भए युनाइटेड शीर्ष चारबाट बाहिरिनेछ ।

लेस्टरले घरेलु मैदानमा युनाइटेडको आतिथ्यता गर्दैछ । दुवै टोलीको लागि यो खेल ‘गर या मर’ को अवस्थामा छ । लेस्टरले पछिल्लो समय सोचेअनुरुपको प्रदर्शन गर्न सकेको छैन । युनाइटेड प्रिमियर लिगको पछिल्लो १३ खेलमा अपराजित छ । यता, चेल्सीले पनि घरेलु मैदानमा वल्भ्सलाई निम्त्याउदैछ । चेल्सीलाई शीर्ष चारको तथा वल्भ्सलाई शीर्ष ६ भित्र पर्न जित्नै पर्ने दवाव छ ।

आजको खेल

आर्सनलविरुद्ध वाट्फोर्ड (राति ८ः४५ बजे)

बर्नलीविरुद्ध ब्राइटन (राति ८ः४५ बजे)

चेल्सीविरुद्ध वल्भ्स (राति ८ः४५ बजे)

क्रिस्टल प्यालेसविरुद्ध टोटेनहम (राति ८ः४५ बजे)

एभर्टनविरुद्ध बर्नमाउथ (राति ८ः४५ बजे)

लेस्टरविरुद्ध म्यानचेस्टर युनाइटेड (राति ८ः४५ बजे)

म्यानचेस्टर सिटीविरुद्ध नर्विच सिटी (राति ८ः४५ बजे)

न्युक्यासलविरुद्ध लिभरपुल (राति ८ः४५ बजे)

साउथह्याम्टनविरुद्ध सेफिल्ड (राति ८ः४५ बजे)

वेस्टह्यामविरुद्ध एस्टन भिल्ला (राति ८ः४५ बजे)

May 16, 2024

चेल्सीको ब्राईटनविरुद्ध जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सी विजयी भएको छ । दश जनामा सिमित चेल्सीको ब्राईटन माथि २-१ को जित दर्ता गरेको हो । खेलको ३४औं मिनेटमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । मार्क कुकुरेलाको क्रसमा उत्कृष्ट हेडर प्रहार गर्दै पालमरले चेल्सीलाई सुरुवाती अग्रता दिलाए । ६५आज मिन्टमा क्रिस्टोफर […]

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

Success

Thank you for your time.