default_image

4 years ago

July 26, 2020

एमबाप्पेको चोट गम्भीर

50 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका युवा फरवार्ड किलीयन एमबाप्पेको चोट गम्भीर रहेको क्लबले विज्ञप्ति जारि गर्दै जानकारी दिएको छ ।

शुक्रबार भएको कप डे फ्रान्सको फाइनलका दौरान एमबाप्पेले चोट बोकेका थिए । सेन्ट एटिएनका कप्तान लोइस पेरिनले गरेको फलका कारण चोट बोकेका एमबाप्पेले अब च्याम्पियन्स लिग गुमाउने सम्भावना बढेको छ । पेरिनको फलमा रेफ्रीले सुरुवातमा पहेंलो कार्ड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले रातो कार्ड दिएका थिए ।

एमबाप्पेले चोट बोकेपछि खेल्न नसक्दा परिवर्तन हुनुपरेको थियो । फाइनलमा नेयमारको गोलमा अग्रता लिइसकेको पीएसजीले त्यसै गोलको मदतले उपाधि जितेको थियो । एमबाप्पे दोस्रो हाफमा बैसाखीको सहारा लिएर बेन्चमा देखिएका थिए । क्लबले उनको परिक्षण गरेर प्रारम्भिक रिपोर्टमा गम्भीर चोट देखिएको बताएको छ ।

क्लबले जारि गरेको विज्ञप्ति अनुसार एमबाप्पेको दायाँ खुट्टाको एंकलको एक्स्टर्नल लेटरल कम्पार्टमेन्टमा गम्भीर चोट लागेको छ । क्लबले अब केहि दिनमा नै विस्तृत परिक्षण गर्नेछ । एमबाप्पेले ७२ घण्टापछि चोटको पुन: परिक्षण गराएपछि अझ जानकारी प्राप्त हुने क्लबले जनाएको छ ।

एमबाप्पेले यस सिजन ३३ खेल २९ गोल गरेका छन् । फ्रान्सको शीर्ष डिभिजन लिगसहित सम्पूर्ण प्रतियोगिता कोरोना भाइरसका कारण रद्द भएपनि पीएसजी च्याम्पियन बनेको थियो । क्लबले कप डे फ्रान्सको उपाधि जितेपछि अब अझै दुई उपाधिका लागि खेल्न बाँकी रहेको छ ।

पीएसजीले ३१ जुलाईमा लियोनसँग फ्रान्सेली लिग कपका लागि प्रतिस्पर्धा गर्दैछ । त्यसपछि १२ अगस्टमा पोर्चुगलको लिस्बनमा पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा एटलान्टाको सामना गर्नेछ । एटलान्टालाई पराजित गरे त्यसको एक सातापछि (१८-१९ अगस्ट)मा क्लबले सेमिफाइनल खेल्नेछ । फाइनल खेल २३ अगस्टमा हुनेछ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.