default_image

4 years ago

July 26, 2020

भार्डीलाई गोल्डेन बुट, सिटीका डे ब्रुएन र एडरसनलाई पनि उपाधि

46 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डको राष्ट्रिय टोली तथा लेस्टर सिटीका फरवार्ड जेमी भार्डीले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट जितेका छन् । यस्तै म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएन र गोलरक्षक एडरसनले पनि व्यक्तिगत उपाधि जितेका छन् ।

लिग अवधिभर २३ गोल गरेका भार्डीले निकटतम प्रतिद्वन्द्वीलाई १ गोलले पछि पार्दै उपाधि जितेका हुन् । लिगको अन्तिम खेलमा २ गोल गरेका आर्सनल फरवार्ड पिएर एमेरिक औबामेयाङले २२ गोल गरे । अर्का इंग्लिस फरवार्ड ड्यानी इन्ग्सले पनि समान २२ गोल गरेका थिए । सिटीका रहीम स्टरलिङले २० तथा लिभरपुलका मोहमद सलाहले १९ गोल गर्न सफल रहे ।

म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर डे ब्रुएनले सिजनभर २० असिस्ट प्रदान गर्दै सर्वाधिक असिस्टको उपाधि जिते । उनले यसक्रममा एकै सिजनमा सर्वाधिक असिस्ट दिने कीर्तिमानको पनि बराबरी गरे । यसअघि आर्सनलका थिएरी हेनरीले पनि २० असिस्ट नै दिएका थिए ।

ब्राजिलियन गोलरक्षक एडरसनले सिजन अवधिभर १६ असिस्ट राख्दै गोल्डेन गोल्भ्स जिते । लिगको अन्तिम खेल बाँकी रहँदा एडरसन र बर्नलीका निक पोप समान १५ क्लिन सिटसहित दाबेदारमा थिए । तर बर्नलीले ब्राइटनसँग २-१ को हार बेहोरेपछि एडरसनले नर्विचमाथि ५-० जितमा क्लिनसिट राख्दै उपाधि जिते ।

यो पनि पढ्नुहोस : चेल्सी र म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.