4 years ago
July 27, 2020
एजेन्सी – युरोपियन गोल्डेन बुटको दौडमा रहेको सिरो इम्मोबिलेले ह्याट्रिक पुरा गरेपछि लाजियोले इटालियन सिरी ‘ए’ मा हेलास भेरोनामाथि सानदार जित हात पारेको छ । लाजियोले हेलास भेरोनालाई उसकै मैदानमा ५–१ को फराकिलो हार चखाएको हो ।
लाजियोको फराकिलो जितमा सिरोले ह्याट्रिक गर्नुका साथै सेर्गेज मिलिन्किोभिक साभिक र जोआक्विन कोरेराले गोल गरे । घरेलु टोलीका सोफ्यान अम्राबाटले एक गोल फर्काए । घरेलु मैदानमा भेरोनाले ३८औं मिनेटमा सोफ्यान अम्राबाटको गोलबाट खेलमा अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा सिरो इम्मोबिलेले पेनाल्टीमार्फत गोल गरेपछि लाजियो खेलमा फर्किएको थियो ।
५६औं मिनेटमा सेर्गेजले गोल गर्दै लाजियोलाई खेलमा २–१ को अग्रता दिलाए । ६३औं मिनेटमा कोरेलाले गोल थपेपछि लाजियो फराकिलो जिततर्फ अग्रसर बनेको थियो । त्यसपछिको दुई गोल सिरोको नाममा रह्यो । ८४औं मिनेटमा सिरोले गोल गर्दै लाजियोलाई खेलमा ४–१ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सिरोले ह्याट्रिक पुरा गर्दै लाजियोलाई ५–१ को सानदार जित दिलाए ।
भेरोनाविरुद्ध ह्याट्रिक पुरा गरेसँगै सिरो युरोपियन गोल्डेन बुटको दौडमा सबैभन्दा अघि उभिएका छन् । उनले यो सिजन सिरी ‘ए’ मा ३४ गोल पुरा गर्दै जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीसँगको गोललाई बराबरी गरेका छन् । युभेन्टसका क्रिस्टियानो रोनाल्डोले ३१ गोल पुर्याएका छन् ।
जितपछि लाजियोले ३६ खेलबाट ७५ अंक जोडेर तेस्रो स्थानको एटलान्टासँगको अंक बराबरी गरेको छ । पराजित भेरोना ४६ अंक जोडेर नवौं स्थानमा छ ।
अन्य नतिजा
बोलोग्नाविरुद्ध लेच्चे (३–२)
काग्लिएरीविरुद्ध उडिनेजे (०–१)
रोमाविरुद्ध फियोरेन्टिना (२–१)
एस्पालविरुद्ध टोरिनो (१–१)
May 15, 2024
हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]
May 15, 2024
हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]
May 15, 2024
एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]