default_image

4 years ago

July 27, 2020

गोल्डेन बुट दौड : लेवान्डोस्कीलाई रोनाल्डो र इम्मोबिलेको चुनौती

52 views

0 Bookmark

एजेन्सी – युरोपका शीर्ष लिगमध्य इटालीको सिरी ए बाहेक अन्य सबै लिग समापन भइसकेको छ । युरोपकै सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने युरोपेली गोल्डेन बुटको दौडमा जर्मनीका रोबर्ट लेवान्डोस्कीलाई इटालियन लिगका चिरो इम्मोबिले र क्रिस्टियानो रोनाल्डोले पछ्याइरहेका छन् ।

जर्मन क्लब बायर्न म्युनिखलाई च्याम्पियन बनाउन मुख्य भूमिका निर्वाह गरेका लेवान्डोस्कीले ३४ गोल गरेका थिए । उनले जर्मन लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडीको कीर्तिमान समेत कायम गरेका थिए । युरोपेली गोल्डेन बुटको दौडमा उनी अझै शीर्षस्थानमा छन् । तर जर्मन लिग सकिएसँगै उनको अग्रता भने कमजोर हुँदै गइरहेको छ । जर्मन लिगमा ३४ खेल मात्र हुने कारण पनि उनलाई केहि बेफाइदा पुगेको छ ।

इटालियन लिगमा लाजियोका चिरो इम्मोबिले ३४ गोलसहित शीर्षस्थानमा छन् । अघिल्लो महिना लाजियो खराब लयबाट गुज्रेसँगै इम्मोबिलेको गोल पनि रोकिएको थियो । तर आइतबार उनले ह्याट्रिक प्रहार गर्दै लयमा फर्केको संकेत दिएका छन् ।

युभेन्टसका क्रिस्टियानो रोनाल्डोले ३१ गोल गरेका छन् । आइतबारको खेलमा पेनाल्टीमार्फत अन्त्यतिर गोल गर्न चुक्दा रोनाल्डोले आफूलाई गोल्डेन बुट होडमा अझ बलियो बनाउनबाट चुके । इटालियन लिगमा अझै २ खेल बाँकी रहेकाले इम्मोबिले नै लिग र युरोप दुवैमा गोल्डेन बुट जित्ने सम्भावना छ ।

पछिल्लो तीन सिजन लगातार गोल्डेन बुट जितेका बार्सिलोना कप्तान लिओनेल मेस्सी यसपटक भने स्पेनी लिगको शीर्ष गोलकर्तामै चित्त बुझाउन बाध्य भए । मेस्सीले लिगको ३३ खेलमा २५ गोल गर्दै पिचिचि ट्रफी हात पारे ।

युरोपेली गोल्डेन बुटको दौड :

१. रोबर्ट लेवान्डोस्की – ६८ अंक (३४ गोल) – बायर्न म्युनिख – जर्मनी

२. चिरो इम्मोबिले – ६८ अंक (३४ गोल) – लाजियो – इटाली

३. क्रिस्टियानो रोनाल्डो – ६२ अंक (३१ गोल) – युभेन्टस – इटाली

४. टिमो वेर्नर – ५६ अंक (२८ गोल) – आरबी लाइप्जिग – जर्मनी

५. लिओनेल मेस्सी – ५० अंक (२५ गोल) – बार्सिलोना – स्पेन

६. एर्लीङ हालान्ड – ५० अंक (२९ गोल) (१३ गोल बोरुसिया डर्टमुन्ड जर्मनीमा र १६ गोल साल्ज्बर्ग अष्ट्रियामा)

७. रोमेलु लुकाकु – ४६ अंक (२३ गोल) – इन्टर मिलान – इटाली

८. जेमी भार्डी – ४६ अंक (२३ गोल) – लेस्टर सिटी – इंग्ल्यान्ड

९. शोन वेस्मन – ४५ अंक (३० गोल) – वोल्फ्सबर्गर – अष्ट्रिया

१०. पिएर एमेरिक औबामेयाङ – ४० अंक (२० गोल) – आर्सनल – इंग्ल्यान्ड

युरोपका शीर्ष ५ लिगमा प्रत्यक गोल गरेको २ अंक गणना हुन्छ भने अन्य लिगमा स्तर अनुसार १.५ अंक र १ अंक गणना हुने गर्दछ । हालान्ड र वेस्मनको हकमा अष्ट्रियाको लिगको प्रति गोल १.५ अंक गणना हुने प्रावधान रहेको छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.