default_image

4 years ago

July 27, 2020

रोनाल्डोद्वारा लिग उपाधि समर्थकलाई समर्पण

54 views

0 Bookmark

एजेन्सी – युभेन्टस फरवार्ड क्रिस्टियानो रोनाल्डोले लगातार नवौंपटक इटालियन सिरी ए उपाधि जितेपछि उक्त सफलता समर्थकहरुलाई समर्पित गरेका छन्

आइतबार राती साम्पडोरियालाई २-० ले पराजित गरेपछि युभेन्टसले उपाधि पक्का गरेको हो इटालीको शीर्ष ५ लिगमा लगातार नवौं पटक उपाधि जित्ने युभेन्टस पहिलो टोली हो यसअघि युभेन्टसले राखेको लगातार आठौं उपाधि जितलाई बायर्न म्युनिखले बराबरी गरेको थियो

रोनाल्डोले साम्पडोरियाविरुद्ध गोल गर्दै सिजनको ३१ औं गोल गरे । दोस्रो गोल गर्ने अवसर पाएपनि रोनाल्डो पेनाल्टीमा भने चुके । यसका बाबजुद उनले युभेन्टसलाई उपाधि दिलाउन सके । अघिल्लो खेलमा उडिनेजेविरुद्ध पराजित भएपछि युभेन्टसको उपाधि प्रतीक्षा लम्बिएको थियो ।

रोनाल्डोले जितपछि उपाधि आफ्नो समर्थकलाई समर्पित गरे ‘ लगातार दोस्रो सिजन उपाधि जित्न पाउँदा खुसी छु ठूलो क्लबको इतिहासलाई अझै परिस्कृत गर्ने अवसर पाएको छु,’ उनले भने, ‘ यो उपाधि समर्थकलाई समर्पण गर्न चाहन्छु विशेषगरी कोरोनाले प्रभावित समर्थकहरुलाई यो उपाधि हो । यो स्थिति पक्कै सहज छैन । तपाईंहरुको सहास र लगाव नै हाम्रो लागि पनि शक्ति बनेको थियो ।’

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.