default_image

4 years ago

July 28, 2020

टोरेस अनुबन्ध गर्ने म्यानचेस्टर सिटीको तयारी

23 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यान्चेस्टर सिटीले भ्यालेन्सियाका युवा विंगर फेरान टोरेसलाई अनुबन्धन गर्ने प्रयास थालेको छ । जर्मन विंगर लेरोय साने बायर्न म्युनिख गएपछि सिटीले उनको स्थानमा २० वर्षीय टोरेसलाई ल्याउन खोजेको हो ।

भ्यालेन्सियाले टोरेसका लागि ४० मिलियन युरो माग गरेको छ । भ्यालेन्सियासँग सम्झौताको अन्तिम वर्षमा रहेका टोरेस पनि सिटी जान इच्छुक रहेका छन् । भ्यालेन्सियाले अर्को सिजन युरोपेली प्रतियोगिता नखेल्ने भएपछि क्लबको आर्थिक भार कम गर्न पनि टोरेस बेच्न चाहेको हो ।

सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले टोरेससँग छलफल गरेर उनलाई क्लबमा अनुबन्ध हुने सुझाव दिएका छन् । टोरेस पनि आफ्नो करिअरलाई अर्को स्तरमा उकास्न सिटी जान तयार रहेको क्लब स्रोतले जानेको छ । यसअघि डर्टमुन्डले पनि टोरेसलाई अनुबन्ध गर्न छलफल अगाडी बढाएको थियो । तर सिटीले च्याम्पियन्स लिग खेल्न पाउने भएसँगै टोरेस इंग्ल्यान्ड आउन चाहेका छन् ।

टोरेसले ७ वर्षको उमेरदेखि नै भ्यालेन्सियाको एकेडेमीमा प्रशिक्षण गरेका थिए । उनले १७ वर्षको उमेरमा नै सिनियर टोलीबाट डेब्यु गरेका थिए । त्यसयता उनले भ्यालेन्सियाका लागि १ सय भन्दा बढी खेल खेलिसकेका छन् । उनले भ्यालेन्सियाबाट २०१८-१९ सिजनमा कोपा डेल रे जितेका थिए । स्पेनी यू-१७ र यू-१९ टोलीबाट युरो जितेका उनलाई चाडै सिनियर टोलीको जर्सीमा देख्ने विश्लेषकको भनाइ छ ।

सिटीले टोरेससँगै सेन्टर डिफेन्डर अनुबन्ध गर्ने योजना बनाएको छ । गत सिजनको विजेता सिटी यसपटक दोस्रो स्थानमा रहँदै लिग अन्त्य गरेको थियो । क्लबले रेलिगेसनमा परेको बर्नमाउथका डिफेन्डर नाथन आकेलाई अनुबन्ध गर्ने तयारी गरिरहेको छ ।

गुआर्डीओलाले यसअघि नेपोलीका डिफेन्डर कालिडु कौलीबालिमाथि नजर राखेपनि नेपोलीले ठूलो रकम माग गरेपछि सिटी पछि हटेको थियो । गत सिजन अर्जेन्टिनी डिफेन्डर निकोलस ओटामेन्डी र इंग्लिस डिफेन्डर जोन स्टोन्सले अपेक्षित प्रदर्शन गर्न नसक्दा १९ वर्षीय स्पेनिस डिफेन्डर एरिक गार्सियाले पहिलो रोजाईका रुपमा फ्रान्सेली एमेरिक लापोर्टसँग रक्षापंक्ति सम्हालेका थिए ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.