default_image

4 years ago

July 28, 2020

गोल्डेन बुट दौडमा पेनाल्टी प्रभाव

35 views

0 Bookmark

एजेन्सी – कोरोना संक्रमणपछि सुरु भएका लिग अब सकिने क्रममा छन् । इटालीमा दुई चरणको खेल बाँकी रहँदा अन्य लिग भने समापन भइसकेको छ । युरोपकै सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने युरोपेली गोल्डेन बुटको दौड भने झनै रोमान्चक मोडमा पुगेको छ ।

पोल्यान्डका रोबर्ट लेवान्डोस्कीलाई इटालियन लिगका चिरो इम्मोबिले र क्रिस्टियानो रोनाल्डोले पछ्याइरहेका छन् । जर्मन क्लब बायर्न म्युनिखलाई च्याम्पियन बनाउन मुख्य भूमिका निर्वाह गरेका लेवान्डोस्कीले ३४ गोल गरेका थिए । उनले जर्मन लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडीको कीर्तिमान समेत कायम गरेका थिए ।

युरोपेली गोल्डेन बुटको दौडमा लेवान्डोस्की अझै शीर्षस्थानमा छन् । तर जर्मन लिग सकिएसँगै उनको अग्रता भने कमजोर हुँदै गइरहेको छ । जर्मन लिगमा ३४ खेल मात्र हुने कारण पनि उनलाई केहि बेफाइदा पुगेको छ ।

इटालियन लिगमा लाजियोका चिरो इम्मोबिले ३४ गोलसहित शीर्षस्थानमा छन् । अघिल्लो महिना लाजियो खराब लयबाट गुज्रेसँगै इम्मोबिलेको गोल पनि रोकिएको थियो । तर आइतबार उनले ह्याट्रिक प्रहार गर्दै लयमा फर्केको संकेत दिएका छन् । उक्त खेलमा पनि इम्मोबिलेले पेनाल्टीमार्फत गोल गरेका थिए । उक्त गोल इम्मोबिलेको १४ औं पेनाल्टी गोल थियो ।

युभेन्टसका क्रिस्टियानो रोनाल्डोले ३१ गोल गरेका छन् । आइतबारको खेलमा पेनाल्टीमार्फत अन्त्यतिर गोल गर्न चुक्दा रोनाल्डोले आफूलाई गोल्डेन बुट होडमा अझ बलियो बनाउनबाट चुके । यद्यपि रोनाल्डोले यसअघि १२ गोल पेनाल्टीबाट नै गरेका छन् । इटालियन लिगमा अझै २ खेल बाँकी रहेकाले इम्मोबिले नै लिग र युरोप दुवैमा गोल्डेन बुट जित्ने सम्भावना छ ।

पछिल्लो तीन सिजन लगातार गोल्डेन बुट जितेका बार्सिलोना कप्तान लिओनेल मेस्सी यसपटक भने स्पेनी लिगको शीर्ष गोलकर्तामै चित्त बुझाउन बाध्य भए । मेस्सीले लिगको ३३ खेलमा २५ गोल गर्दै पिचिचि ट्रफी हात पारे । मेस्सीले यस सिजन पेनाल्टीबाट ५ गोल मात्र गरे ।

युरोपेली गोल्डेन बुटको दौड :

१. रोबर्ट लेवान्डोस्की

खेल – ३१ (२७६२ मिनेट)

गोल – ३४ गोल

पेनाल्टी – ५ गोल

क्लब : बायर्न म्युनिख, जर्मनी

२. चिरो इम्मोबिले

खेल – ३५ (२९९६ मिनेट)

गोल – ३४ गोल

पेनाल्टी – १४ गोल

क्लब – लाजियो, इटाली

३. क्रिस्टियानो रोनाल्डो

खेल – ३२ (२८२९ मिनेट)

गोल – ३१ गोल

पेनाल्टी – १२ गोल

क्लब – युभेन्टस, इटाली

४. टिमो वेर्नर

खेल – ३४ (२८०९ मिनेट)

गोल – २८ गोल

पेनाल्टी – ३ गोल

क्लब – आरबी लाइप्जिग – जर्मनी

५. लिओनेल मेस्सी

खेल – ३३ (२८८१ मिनेट)

गोल – २५ गोल

पेनाल्टी गोल – ५

क्लब – बार्सिलोना, स्पेन

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.