default_image

4 years ago

July 28, 2020

बार्सिलोनाबाट नखेल्ने आर्थरको अडान

34 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन मिडफिल्डर आर्थर अर्को सिजन युभेन्टसबाट खेल्ने पक्का भइसकेको छ । यस सिजन च्याम्पियन्स लिग समापन नहुँदासम्म उनी बार्सिलोनाकै खेलाडी रहनेछन् । तर आर्थरले आफू पुन: बार्सिलोनाबाट नखेल्ने अडान राखेका छन् ।

युभेन्टसमा ट्रान्सफर भएपछि प्रशिक्षक किके सेटिनले उनलाई आफ्नो रोजाइमा राखेका छैनन् । टोलीमा रहनुका बाबजुद मैदानमा पर्याप्त समय बिताउन नपाएपछि आर्थर सेटिनसँग निराश छन् । टोलीका अन्य सदस्य एक साता विश्रामपछि क्लब फर्कंदा आर्थर भने उपस्थित रहेका छैनन् ।

क्लबका अन्य सदस्य सोमबार फर्केर कोरोना परिक्षण गराएका छन् । सबै खेलाडीको रिपोर्ट नेगेटिभ पनि आइसकेको छ । तर आर्थरले भने क्लबसमक्ष बाँकी समयको सम्झौता रद्द गर्न आग्रह गरेका छन् । च्याम्पियन्स लिगको समापनसम्म सम्झौता रहेपनि आर्थरले फुकुवा गर्न आग्रह गरेका हुन् ।

क्लबले भने आर्थर अझैपनि बार्सिलोनाको खेलाडी रहेको र सोमबार उपस्थित नरहेकोमा अनुशासनको कारवाही हुने बताएको छ । आर्थरले पुन: आफू बार्सिलोनाको जर्सी लगाउन नचाहेको भनेका छन् । आर्थरले युभेन्टस ट्रान्सफर हुनुअघि क्लबमै रहने इच्छा व्यक्त गरेपनि बार्सिलोनाले उनलाई विक्री गर्ने निर्णय लिएको थियो ।

च्याम्पियन्स लिग समस्या

बार्सिलोनाले नेपोलीविरुद्ध च्याम्पियन्स लिग राउन्ड अफ १६ दोस्रो लेगमा खेल्दैछ । पहिलो लेगमा १-१ को बराबरी खेलेपछि बार्सिलोना केहि दबाबमा छ । मिडफिल्डमा फ्रेन्की डे जोङ, सर्जी रोबर्टो र रिकी पुज सुरुवाती रोजाईका लागि प्रतिस्पर्धामा छन् । आर्थर टोलीमा रहेपनि पहिलो रोजाईमा खेल्नेमा भने शंका रहेको छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.