default_image

4 years ago

July 28, 2020

रियलका फरवार्डलाई कोरोना संक्रमण

35 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत दोस्रो लेगमा म्यानचेस्टर सिटीविरुद्ध खेलको तयारीमा रहेको स्पेनी रियल म्याड्रिडका फरवार्ड मरियानो डियाजमा कोरोना संक्रमण देखिएको छ ।

सोमबार भएको कोरोना परिक्षणमा नतिजा पोजेटिभ आएपछि मरियानो टोलीबाट छुट्टै रहेर घरमै आइसोलेसनमा बस्न थालेका छन् । उनले अब २४ घण्टाको अन्तरमा लगातार दुई पटक कोरोना नेगेटिभ नआउँदासम्म आइसोलेसनमा नै बस्नुपर्ने छ । टोलीका अन्य खेलाडीमा भने संक्रमण देखिएको छैन ।

रियल म्याड्रिडले गत साता ला लिगा उपाधि जितेपछि सबै खेलाडीलाई एक साता विश्राम दिइएको थियो । सोमबार सबै खेलाडी प्रशिक्षण मैदान भाल्देबासमा फर्केपछि गरिएको परिक्षणमा मारियानोको नतिजा मात्र पोजेटिभ आएको थियो । खेलाडीसँगै प्रशिक्षण टोली र मिडियाका सदस्यले पनि परिक्षण गराएका थिए ।

मरियानोले अब अगस्ट ७ मा हुने दोस्रो लेगको खेल गुमाउने लगभग पक्काजस्तो देखिएको छ । उनले अब कोरोना परिक्षणमा नेगेटिभ आएपछि प्रशिक्षणमा सामेल हुँदा टोलीको योजनमा सामेल हुने सम्भावना कम छ । उनले रियल अगाडि बढेको खण्डमा भने अन्य चरणमा सहभागिता जनाउन सक्नेछन् ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.