default_image

4 years ago

July 29, 2020

नेपोलीमाथि इन्टरको सहज जित

40 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले नेपोलीमाथि सहज जित हात पारेको छ । घरेलु मैदानमा इन्टरले नेपोलीलाई २–० ले हराएको हो ।

इन्टरको जितमा ड्यानिलो डि एम्ब्रोसियो र लोउटारो मार्टिनेजले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल भएको थियो ।

गुइसिप्पे माज्जा मिलानोमा मंगलबार राति भएको खेलको ११औं मिनेटमा ड्यानिलो डि एम्ब्रोसियोले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाएका थिए । क्रिस्टियानो बिरागीको पासमा अनमार्क रहेका ड्यानिलोले गोल गर्न सफल भएका थिए ।

२१औं मिनेटमा पिएटर जिलिन्स्कीले खेललाई बराबरी गर्ने सुवर्ण अवसर खेर फाले । २६औं मिनेटमा जिलिन्स्कीले नै अवसर चुकाउँदा नेपोली बराबरीबाट चुक्यो । ३२औं मिनेटमा इन्टरका गोलरक्षक समिर हान्डानोभिकले माटियो पोलिटानोको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै बराबरी टारे । पहिलो हाफको इन्ज्युरी समयमा मार्सेलो ब्रोजोभिकको प्रहार नेपोलीका गोलरक्षक एलेक्स मेरेटले रोके ।

४९औं मिनेटमा रोमेलु लुकाकु चुक्दा इन्टरले अग्रता दोब्बर पार्न सकेन । ६४औं मिनेटमा नेपोलीका इल्जिफ इल्मासको प्रहार थोरै बाहिरियो । ७४औं मिनेटमा लोउटारो मार्टिनेजले निकोलो बरेल्लाको पासमा गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे ।

अन्तिम समयमा लोरेेन्जो इन्सिग्नेको प्रहारलाई इन्टरका मार्सेलो ब्रोजोभिकले ब्लक गरिदिए । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर २–० ले विजयी हुन सफल भयो ।

यो जितले इन्टर मिलान दोस्रो स्थानमा यथावत रहँदा नेपोलीको शीर्ष ६ मा पर्ने सम्भावना झिनो बनेको छ । इन्टरको ३७ खेलबाट ७९ अंक पुगेको छ । इन्टरलाई एटलान्टाले पछ्याइरहेको छ । अब लिग चरणको अन्तिम खेलमा इन्टर र एटलान्टाबीच प्रतिस्पर्धा हुने भएकाले यही खेलबाट नै दोस्रो हुने टोलीको टुंगो लाग्नेछ । नेपोली ५९ अंक जोडेर सातौ स्थानमा रहेको छ । एक खेल कम खेलेको एसी मिलानको ६० अंक ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.