default_image

4 years ago

July 29, 2020

पार्मामाथि एटलान्टाको पूनरागमन जित

50 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एटलान्टाले पार्मामाथि २–१ को पूनरागमन जित निकाल्दै दोस्रो स्थानमा रहने सम्भावनालाई जीवितै राखेको छ ।

एटलान्टाले पार्मालाई उसकै मैदानमा हराएको हो । एटलान्टाको जितमा रुस्लान मालिनोभ्स्की र एलजान्द्रो गोमेजले गोल गरे । घरेलु टोलीका डिजान कुलुसेभ्स्कीले गरेको गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्त्यतिर डिजान कुलुसेभ्स्कीलेगोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । तर, पार्माले त्यो अग्रतालाई जोगाउन सकेन ।

७०औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गर्दै एटलान्टालाई खेलमा फर्काए । ८४औं मिनेटमा एलेजान्द्रोले गोल गर्दै एटलान्टालाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा एटलान्टा विजयी हुन सफल भयो । यो जितले एटलान्टाले दोस्रो स्थानमा रहने सम्भावना जीवितै राखेको छ ।

एटलान्टाको ३७ खेलबाट ७८ तथा समान खेलबाटै इन्टर मिलानको ७९ अंक छ । लिग चरणको अन्तिम खेलमा एटलान्टा र इन्टरबीच प्रतिस्पर्धा हुने भएकाले यो खेलपछि दोस्रो स्थानमा रहने टोलीको टुंगो लाग्नेछ । युभेन्टस दुई खेल बाँक छदै सिरी ‘ए’ को च्याम्पियन बनिसकेको छ । पराजित पार्मा ४६ अंक जोडेर ११औं स्थानमा छ ।

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

Success

Thank you for your time.