default_image

4 years ago

August 2, 2020

मिलानको सानदार जित

एजेन्सी – इटालियन सिरी ‘ए’ को अन्तिम खेलमा एसी मिलानले सानदार जित निकालेको छ । घरेलु मैदानमा मिलानले काग्लिएरीमाथि ३–० को सानदानर जित निकालेको हो ।  मिलानको जितमा भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिच र स्यामुइल क्यास्टिलेजोले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको १०औं मिनेटमा रग्नर क्लाभानको आत्मघाती गोलबाट मिलानले अग्रता बनाएको थियो । […]

27 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को अन्तिम खेलमा एसी मिलानले सानदार जित निकालेको छ । घरेलु मैदानमा मिलानले काग्लिएरीमाथि ३–० को सानदानर जित निकालेको हो । 

मिलानको जितमा भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिच र स्यामुइल क्यास्टिलेजोले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको १०औं मिनेटमा रग्नर क्लाभानको आत्मघाती गोलबाट मिलानले अग्रता बनाएको थियो । ४४औं मिनेटमा इभ्राहिमोभिच पेनाल्टीमा चुक्दा मिलानले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो ।

सेवास्टियनले इभ्राहिमोभिचलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले मिलानलाई पेनाल्टी प्रदान गरेको थिए । तर, इभ्राहिमोभिचको पेनाल्टी काग्लिएरीका गोलरक्षक एलेसियो क्राग्नोले बचाइदिए । पेनाल्टीमा चुकेपनि इभ्राहिमोभिचले ५५औं मिनेटमा स्यामुइल क्यास्टेलेजोको पासमा गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए ।

त्यसको दुई मिनेटपछि नै क्यास्टेलेजोले जियाकोमो बोनाभेन्टुराको पासमा गोल गर्दै मिलानलाई ३–० को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा मिलान विजयी हुन सफल भयो ।

जितसँगै मिलानले ३८ खेलबाट ६६ अंक जोडेर अर्काे सिजनको युरोपा लिगलाई स्थान पक्का गर्‍यो । पराजित काग्लिएरी ४५ अंक जोडेर १३औं स्थानमा रहेर यो सिजन अन्त्य गर्‍यो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.